एन.सि.सि बैंक द्धारा राहत वितरण

941

गौर,साउन १८ ।
रौतहटमा बाढी पिडित परिवारहरुका लागि बिभिन्न संघ संस्था बाट राहत जुट्न थालेको छ ।
बिहिवार एक कार्यक्रमको बीच रौतहटको यमुनामाई गाउपालिका वडा न ४ मा एन.सि.सि बैंक यमुनामाई शाखा द्वारा बाढी प्रभावित ३० घरपरिवारलाई राहत वितरण गरिएको छ ।
सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत बाढी पिडित परिवारलाई १५ दिन सम्म पुग्ने दाल,चामल,नुन,आलु लगायत विभिन्न सामग्री बितरण गरिएको एन.सि.सि बैंक यमुनामाई शाखाका प्रबन्द्यक उज्वल रिजालले बताए । राहत पाएपछि स्थानीयवासी जितेन्द्र रामले खुसि व्यक्त गर्दै एन.सि.सि बैंकले दिएको राहतले केहि हद सम्म सहयोग पुगेको बताए । बाढिबाट गाउ“ नै डुबानमा परेको र भौतिक संरचनाहरुमा क्षति भएपछि गाउ“पालिकाले केहि सहयोग गरेको थियो । एन.सि.सि बैक बाट अझै थप सहयोग भएपछि स्थानियहरु हर्षित भएका छन ।
असारको अन्तिम साता वर्षास“गै आएको बाढी बाट पिडित भएका परिवारलाई खाद्यान्न सामग्रीको सहयोग गरेर एन.सि.सि बैंकले सराहनीय काम गरेको यमुनामई गाउ“पालिका वडा न ४ का अध्यक्ष चेतन राय यादवले बताए । गाउ“पालिकामा ५० घर क्षति तथा ३० घर पुर्णरुपले क्षति भएको थियो ।यामुनामाइ गाउ“पालिका ले बिपत व्यवस्थापन कोष बाट सहयोग गर्दा पनि सहयोग प्रयाप्त हुन सकेको थिएन । सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत बैंक यमुनामाई शाखा ले अझै विभिन्न सामाजिक कार्यहरु गर्दै जाने शाखाका प्रबन्धक रिजाल ले बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg