हातेमालोको १४ औं बार्षिक साधारण सभा सम्पन्न

800

चन्द्रपुर,१९ साउन ।
हातेमालो सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर वडा नम्बर ४ र ६ ले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार वडा नम्बर ६ को आफ्नौ कार्यालय अगाडि एक कार्यक्रम संगै १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
हातेमालो सामुदायिक वन उपभोक्ता समुहले वैज्ञानिक वन व्यवस्थापन लागु पछिको दोसा्रे बार्षिक साधारण सभा सम्पन्न गरेको अध्यक्ष रामलाल ठोकरले बताए । उनले वैज्ञानिक वन व्यवस्थापन लागु पछिको दोस्रो बार्षिक साधारणको अवसरमा जेष्ठ नागरिकहरुलाई दोसल्ला र एक हजार रकम सहित सम्मान गरिएको बताए । सोही अवशरमा वडा नम्बर ६ का अति बिपन्न परिवारका २ छात्र तथा २ छात्रालाई छात्रवृत्ति प्रदान समेत गरिएको बताए । सो साधार सभा मार्फत २०७५–२०७६ को बार्षिक आम्दानि र खर्चको प्रतिवेदन पढेर सुनाइएको उपाध्यक्ष जंग बहादुर घलानले बताए । साधार सभाका प्रमुख अतिथि प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य धनलाल ठोकर रहेका थिए । अतिथिहरुमा वडा नम्बर ६ का वडा अध्यक्ष खड्क कुष्वार,जिल्ला सामाुदायिक उपभोक्ता महासंघका जिल्ला अध्यक्ष बाबुराम दाहाल, सामुदायिक उपभोक्ता महासंघका स्थानिय नगर अध्यक्ष राम बहादुर घलान बिभिन्न संघसंस्थामा आबद्ध कर्मचारी,प्रतिनिधि तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम हातेमालो सामाुदायिक वन उपभोक्ता समुह चन्द्रपुर वडा नम्बर ४ र ६ अध्यक्ष रामलाल ठोकरको अध्यक्षतामा समपन्न गरिएको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg