‘काश तिमी हुन्थ्यौ भने’ बोलको गीत लिएर स्वरूप क्षेत्री

1089

काठमाडौं ९ भदौ । गीतकार तथा संगीतकार स्वरूप क्षेत्रीको ‘काश तिमी हुन्थ्यौ भने’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।

हाइलाइट्स नेपालको च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । क्षेत्रीको शब्दरसंगीत रहेको गीतमा योजना खड्गीको आवाज रहेको छ ।

गीतको संगीत संयोजन दिपक लामाले गरेका छन् । गीतको सबै काम बनेपा स्थित फलटर स्टुडियोमा भएको हो।

सो गीतको भिडियो सुटिङ पोखरामा नै गरिएको हो । शुक्रबार सार्वजनिक गरिएको गीत अहिलेसम्म १५ हजार बढी दर्शकले हेरिसकेका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg