पासवर्ड १२ देशमा एकसाथ प्रदर्शन हुने

846

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गरेका कारण चर्चामा रहेको फिल्म पासवर्ड यही भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउदैछ ।

सम्राट बस्नेत निर्दे्शित यस फिल्मको प्रिमियरमा सहभागी हुन र प्रचारमा सघाउन सन्नी नेपाल आउने कार्यक्रम छ । उनलाई स्वागत गर्न अहिले निर्माण टिमले विशेष तयारी सुरु गरेको छ । फिल्ममा उनको नृत्यस“गै अभिनय पनि रहेको बताइएको छ ।

यो फिल्म नेपाल प्रदर्शनको एक साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा फिल्म एकसाथ प्रदर्शन हुने फिल्मका कार्यकारी निर्माता अंकित गौतमले जानकारी दिए । सेप्टेम्बर २० अर्थात् असोज ३ फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ ।

यो फिल्मको अधिकांश छायांकन यूकेमा भएको हो । नेपालबाट चोरिएर लण्डन पुर्रुयाइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा फिल्म आधारित छ ।

एक्सन-लभस्टोेरी फिल्ममा सन्नीसँगै अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय छ । निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।

अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको फिल्मको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो । फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । अभिनेत्री सन्नीका कारण फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने विश्वास निर्माण टिमलाई छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg