चन्द्रपुर २३ भदौ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुई अध्यक्षमा हिरालाल गौतम सर्वसम्मत रुपमा चयन भएका छन् ।
महोत्तरी को बर्दिबासमा भएको महाधिवेशन बाट दोस्रो कार्यकालको लागि गौतम सर्वसम्मत चयन भएका हुन । गौतम गौतम होटल बर्दिबासका सञ्चालक समेत हुन ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा रौतहटका उदय सापकोटा, उपाध्यक्षमा सिराहाका विष्णु कुमार साह, महासचिवमा बाराका मोहन शर्मा, कोषाध्यक्षमा सर्लाहीका बैकुण्ठ सापकोटा, सचिवमा पर्साका शोष महमद सनाह उल्लाह, सहसचिवमा धनुषाका आशीक कुमार जलान, सहकोषाध्यक्षमा सप्तरीका छेटेलाल चौधरी चयन भएका छन् ।
सदस्यहरुमा खडक बहादुर तामाङ,विष्णु बहादुर खड्का, फेकु श्रेष्ट,राम कुमार गुप्ता, गोविन्द गहतराज, विधालाल प्रसाद, टुरारप साहु र शलेष कुमार चौधरी चयन भएका छन् ।
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg