दुर्घटनामा एक जना गम्भीर घाईते

918

चन्द्रपुर,१६ माघ ।
रौतहटको चन्द्रपुर–गौर सडकखण्ड अन्तरर्गत चन्द्रपुर १० पडरियामा बिहिवार मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुदा एक जना गम्भीर घाईते भएका छन् । ट्राफिक प्रहरी रौतहटका अनुसार दिउसो करिव २ बजेको समयमा भएको सो दुर्घटना परी वृन्दावन नगरपालिका ६ हरसाहा बस्ने अन्दाजी २४ बर्षका इन्तियाज आलम गम्भीर घाइते भएका छन् ।

चन्द्रनिगाहपुर बाट गौर तर्फ जादै गरेको ना ५६ प १४०२ नम्बर को मोटरसाईकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिद्दा सो दुर्घटना भएको हो । आलमको टाउको,छाती र मुखमा चोट लागेको छ ।
उनको चन्द्रपुर हस्पिटल प्रालीमा उपचार भईरहेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg