रौतहटमा आज मात्रै ३५ जना नयाँ संक्रमित थपिए, संक्रमित संख्या १०५ पुग्यो ।

553

रौतहट, १४ जेठ । रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या १०५ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट भर्खरै रौतहट आएका नेपालीहरू रहेका छन् । संक्रमितहरुमध्ये गौर नगरपालिकाका ८ जना र गढीमाई नगरपालिकाका ७ जना, देवाही गोनाही नगरपालिकाका २, ईशनाथ नगरपालिकाका १६ जना, कटहरिया नगरपालिकाका २ जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनभुयो ।

संक्रमति सबै सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकाहरू नै छन् । उहाँका अनुसार संक्रमित पुष्टि भएका सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । तर संक्रमितहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या आएको छ ।

जिल्लामा पर्याप्त आइसोलेसन वार्ड नभएकाले अब आज पुष्टि भएकाहरुलाई कहाँ राखेर उपचार गर्ने भनेर छलफल भइरहेको घिमिरेको भनाइ छ । जिल्लामा मंगलबार क्वारेन्टाइमा बस्नेको संख्या ३ हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ३ हजार १ सय ७४ जना रहेका छन् । जसमध्ये २ हजार ९ सय ६३ पुरुष र २ सय ११ महिला रहेका छन् ।

जिल्लामा भारतमा रहेका करिब १० हजार हाराहारी जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान रहेको छ । स्वाब परीक्षणको रिपोर्ट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

#कोरोना #अपडेट #रौतहट #१०५

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg