चन्द्रपुरमा आकस्मिक रक्तसंचार कोषको स्थापना

569

रौतहट १७, जेष्ठ
चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि। र चन्द्रपुर अस्पताल प्रा।लिको सयुक्त पहलमा “आकस्मिक रक्तसंचार कोष“को स्थापना गरिएको छ ।अस्पतालमा आएका बिरामीलाई रगतको अभाव हुन नदिन “आकस्मिक रक्तसंचार कोष“को स्थापना गरिएको हो । शनिवार चन्द्रोदय साकोसका अध्यक्ष प्रकाश सुनुवारकोे सभापतित्वमा अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर “आकस्मिक रक्तसंचार कोष“ को उद्घाटन गरिएको छ ।सो कार्यक्रममा चन्द्रपुर अस्पतालका प्रमुख डा।सुभास कुमार चौधरी तथा साकोस र अस्पतालका पदधिकारीहरुको उपस्थिति रहेको थियो । आकस्मिक रुपमा रक्तदान गर्ने रक्तदाताको नाममा अस्पतालबाट रु ५ सय दिने प्राबधान अनुसार उक्त “आकस्मिक रक्तसंचार कोष“को स्थापना गरिएको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि।ले जनाएको छ ।

उक्त रकम अस्पतालमा आउँने गरिब तथा बिपन्न बिरामीको लागि खर्च गरिने तथा चन्द्रोदय सहकारीको सेयर सदस्य उपचार्थ चन्द्रपुर अस्पतालमा जाँदा अवस्था हेरेर छुट गर्ने गरि प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ । उक्त प्रतिज्ञा पत्रमा संस्थाका अध्यक्ष प्रकाश सुनुवार र अस्पतालका प्रमुख डा।सुभास चौधरीले हस्ताक्षर गर्नुभएको छ ।अस्पतालमा आउने बिरामीको लागि रगतको अत्यावश्यक पर्दा सहकारीको पहलमा रगत उपलब्ध गराउदै आएको छ ।आकस्मिक रक्तसञ्चार कोषका लागि ६ जनाको समिती गठन गरिएको छ । आजै९शनिवार० साकोसको तर्फबाट १० जना रक्तदाताबाट रक्तदान गराईएको छ ।
अस्पताल को तर्फबाट डा। सुभास चौधरी संयोजक तथा पुजा चौधरी र सरोज चौधरी सदस्य तथा सहकारीको तर्फबाट उपाध्यक्ष बसन्त आचार्य संयोजक तथा सदस्यमा दिबाकर सापकोटा र रामशरण गौतम रहनुभएको छ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg