रौतहट २२ जेष्ठ । रौतहटमा बिहीबार एकैदिन ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्ठि भएको छ । ६५ जना थपिएसंगै रौतहटमा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ । ३ जना महिला र ६२ जना पुरुषमा कोरोना भाईरसको संक्रमण देखिएको हो । सबैपालिकामा रहेको क्वारेन्टाईनमा बस्दै आएकाहरुमा पिसिआर परिक्षण गर्दा संक्रमितको संख्या थपिदै गएको छ । रौतहटको चन्द्रपुर र फतुवा बिजयपुरमा बिहीबार संक्रमित थपिएसंगै १८ वटै पालिकाको क्वारेन्टाईनमा बसेकोमा कोरोना भाईरसको संक्रमण देखिएको हो । रौतहटमा दिन प्रति दिन कोरोना भाईरसको संक्रमण बढ्दै जान थालेको छ । बिहीबार इस्नाथ नगरपालिकामा ४६ जना, गुजरा नगरपालिकामा– ८ जना, फतुवा गढिमाई नगरपालिमामा–७ जना,चन्द्रपुर नगरपालिका–१ जना, फतुवा बिजयपुर नगरपालिमामा– १ जना, माधब नारायण नगरपालिकामा–१ जना र दुर्गा भगबती गाउ पालिकामा १ जनामा देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेका अनुसार संक्रमण देखिएका सबै भारत बाट आएका हुन । उनीहरु रोजगारी गरेर आफनो घर फर्कि आउदा सम्बन्धित पालिकाको क्वारेन्टाईनमा बसेको अबस्था रहेको छ । भारत बाट सिधै क्वारेन्टाईनमै उनीहरु बसेका कारण समुदाय भय रहित रहेको छ । बिहीबार देखिएको संक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन । कोरोनाको संक्रमण देखिएकाहरु लाई जिल्लाकै बिभिन्न स्थानको आईसोलेसनकक्षमा राखिनेछ । भारत बाट दैनिक घर आउनेको संख्यामा बृध्दि भैरहेको छ ।
बिहिबार ६५ जना थपिएसंगै रौतहटमा कोरोना संक्रमितको संख्या ३८३ पुग्यो
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg