बाढीमा दाउरा झिक्न जाँदा बगेर मृत्यु

696

साउन ७, रौतहट बाढीले बगाएर ल्याएका दाउरा निकाल्न जाने क्रममा लाल बकैया खोलाको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ। कटहरिया नगरपालिका १ भसेडवा बस्ने वीरेन्द्र यादवका २५ वर्षीय छोरा बैजु यादव मृत्यु भएको हो । बाढीमा दाउरा टिप्न जाँदा उनलाई बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी भरत श्रेष्ठले जानकारी दिए। हिजो मंगलबार पनि चाँदी नदीमा आएको बाढीले बगाएर १ जनाको ज्यान गएको थियो। योसँगै बाढीले रौतहटमा ज्यान गुमाउनेको संख्या २ पुगेको डिएसपी श्रेष्ठले बताए।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg