रौतहटका २३ जना र बाराका ३ जना मा कोरोना पोजेटिभ

497
फाइल तस्बिरःजनसरोकार दैनिक

राजु लामा
भाद्र ३०,वीरगन्ज/रौतहट
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार २ सय ९० जनाको स्वाब परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जना संक्रमित रौतहटका र ३ जना बाराका रहेका छन् ।

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार २ जना महिलासहित २६ जनामा संक्रमण पुष्टि भएको हो ।डा. चौरसियाका अनुसार गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार जनामा कोरोना पोजिटिभ देखिएको छ । यसैगरी गुरुडाकै सिभिल बैंकका पनि ४ जनामा कोरोना पुष्टि भएको छ ।

सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरुडा इलाका प्रहरी कार्यालयमा एक जना संक्रमित थपिएका छन् । माधवनारायण नगरपालिका– ३ र वडा ४ मा एक एक जनामा कोरोना देखिएको छ । गरुडा नगरपालिकाको विभिन्न वडामा ९ जना संक्रमित थपिएका छन् ।
चन्द्रपुर नगरपालिका– ६ मा एक जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता डा. चौरसियाका अनुसार सोमबारको परीक्षणमा वाराको परसौनी गाउँपालिका– २ मा एक जना, जितपुर सिमरा उपमहानगरपालिका– ४ र वडा १२ मा एक एकजना संक्रमित थपिएका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg