सिकाई आदान प्रदान कार्यशाला गोष्ठी चन्द्रपुरमा सम्पन्न

809

रौतहटको चन्द्रनिगाहपुरमा आर्थिक पुनर्लाभ कार्यक्रम तयार नेपाल अन्तर्गत सिकाई आदान प्रदान कार्यशाला गोष्ठी सम्पन्न भएको छ । युएसआइडीको सहयोगमा तयार नेपालद्धारा सोडेक नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले पानसमा बत्ति बालेर कार्यशाला गोष्ठीको उदघाटन गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथी तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले संस्थाले चन्द्रपुर नगरपालिकाका तीन वटा वडामा कार्यक्रम गरेर वडाका कोभिडबाट प्रभावित भएका परिवारलाई सहयोग पु¥याएकोमा धन्यवाद ब्यत्त गर्नु भयो । नगर प्रमुख चौधरीले काम गर्दैजादा हुने सानातिना गल्तीलाई सच्याउदै अगाडि बढ्पर्नेमा जोड दिनुहुदै संस्थाले छोटो अवधिमा गरेको काम प्रसंसनीय रहेको बताउनुभयो । आगामी दिनमा तयार नेपालसंग नगरपालिका सहकार्य गर्न तयार रहेको समेत प्रमुख अतिथी तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए ।


कार्यक्रममा बारेमा तयार नेपालका तर्फबाट उमाशंकर यादवले चन्द्रपुर नगरपालिका अन्तर्गत ३ वटा वडामा गरिएको कार्यक्रमका बारेमा प्रष्ट पार्नुभएको थियो । उहाले कोभिड–१९ बाट प्रभावितहरुका लागि भनेर संचालन गरिएको कार्यक्रममा कोभिडकै समयमा गरिएकोले पनि काम गर्न केही बाधा भएतापनि सवैको सहयोग र सहकार्यले सफल भएको बताउनुभयो । संस्थाको नीति, निर्देशन अनुसार कोभिड प्रभावित किसान, साना व्यवसायी तथा वैदेशिक रोजगारबाट फर्किएकाहरुका लागि चरणबद्ध रुपमा कार्यक्रम गरिएकोले नगरवासी यसबाट लाभान्वित भएको बताउनुभयो ।
३ वटा वडामा गरिएको कार्यक्रमका दर्जनौ परीवार ले आफ्नो पारीवारी अवस्था उकासन्स सफल भएको छ । आर्थिक पुनर्लाभ कार्यक्रम बाट अफनो पारीवारीक अवस्थामा धेरैनै सुधार आएको सो कार्यक्रम बाट लाभान्वित भएकी चन्द्रपुर ०२ की रील्ली कुमारी राई ले बताईन । ‘पहिले पारीवारीक अवस्था निकै कमजोर थियो अहिले यस संस्थाबाट लाभ लिए पछि बाल–बच्चालाई राम्रो बिध्यालयमा पढाउन पाइएको छ, पहिले भन्दा आमदानी पनि बढेको छ’,रील्ली कुमारी राईले आफ्नो अनुभव सुनाईन् ।


कार्यक्रममा पत्रकार संजय कार्कीले कोभिड–१९ को महामारीमा पनि संस्थाले गरेको कार्य सराहनीय रहेको बताउनुभयो । उहाले नगरवासीकै लागि खर्च र तालिम प्रदान गरिएकाले नगरवासी बढी लाभान्वित भएको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख रामरती चौधरीले केही विवादका विच संस्थाले गरेको कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा सभाध्यक्ष सोडेक नेपालका अध्यक्ष रामपुकार यादवले संस्थाले यस कार्यक्रम अन्तर्गत करीव ९५ लाख ७० हजार रकम खर्च गरेर नगरका तीन वटा वडाका जनताहरुकै हितमा काम गरेको बताउनुभयो । उहाले कोभिडको समयमा प्रभावित परिवारलाई केही हदसम्म भएपनि राहत दिन सकेकोमा सुखी व्यक्त गर्नुहुदै कार्यक्रमले समाजलाई सकारात्मक सन्देश दिएको बताउनुभयो । समाजसेवी कोपिला तिमल्सिनाले संचालन गर्नुभएको कार्यक्रममा करीव ३० जनाको सहभागिता रहेको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg