सविनले लगाए अनुलाई प्रमिस रिङ

705

एजेन्सी–अभिनेत्री अनु शाह अचेल अभिनेता सविन श्रेष्ठस“गको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । केही समय लुकिछिपी माया साटेको यो जोडीले पछिल्लो समय खुलेरै प्रेम व्यक्त गरिरहेको छ ।
निषेधाज्ञामा सविनले अनुस“ग बनाएको भ्लगलाई दर्शकले निकै रुचाएका थिए । आधी बाटो र लक्ष्य फिल्ममा एकसाथ काम गरेका उनीहरु एकअर्काको परिवारस“ग पनि घुलमिल भइसकेका छन् ।
२०७४ सालमा यो जोडीले काठमाडौं जिल्ला अदालतमा विवाह गरेको खबर सार्वजनिक भएको थियो । तर, उनीहरुले यसलाई अफवाह बताए । निषेधाज्ञाको समयमा अनुले आफ्नो सिउदोमा सिन्दूर लगाएर टिकटक बनाएपछि उनले गुपचुप रुपमा सविनस“ग विवाह गरेको फेरि चर्चा चल्यो । तर, हालै एक यूट्युब अन्तर्वार्तामा उनले आफूहरु स“गै भए पनि बिहे नभएको स्पष्ट पारेकी छन् । अनु भन्छिन्,हामी केही वर्षदेखि स“गै नै छौं तर विवाह भएको छैन । हाम्रो इन्गेजमेन्ट पनि भएको छैन । हामी कहिल्यै नछुटिउ भनेर उहा“ (सविन श्रेष्ठ) ले प्रमिस रिङ लगाइ दिनुभएको छ । आफूहरु तत्काल विवाहको योजनामा नभएको पनि उनले सुनाइन् । आफ्नो गर्धनमा सविनको नामको ट्याटु समेत खोपाएकी उनले आफूहरुबीच २०६८ सालमा चिनजान भएको बताएकी छन् ।
सविनस“गको पहिलो भेटबारे उनी भन्छिन्,मैले उहा“लाई २०६८ सालमा चिनेको हो । एक होलीको फोटोेसुटको क्रममा हामीबीच चिनजान भएको थियो । हामी स“गै भएको चाहि चार वर्ष जति भयो । उनी सविनको सहयोगी भावना आफूलाई मनपर्ने बताउछिन् ।
पब्लिक फिगर भएपछि मिडियामा प्रेमको चर्चा चल्नु सामान्य रहेको र यसले सविन र आफूलाई फरक नपार्ने उनको भनाई छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg