एजेन्सी–सन् १९९७ मा आएको फिल्म और प्यार हो गया बाट बलिउडमा सानदार डेब्यू गरेकी ऐश्वर्या राय बच्चन बलिउड इन्डस्ट्रीकी टप अभिनेत्रीमध्ये एक हुन् । सन् १९९४ मा मिस इन्डिया प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि मिस वर्ल्डको उपाधि जितेकी उनले मणि रत्नमको फिल्म ईरुवर बाट अभिनय करिअर सुरु गरेकी थिइन् । तर, योभन्दा अगाडि और प्यार हो गया रिलिज भयो ।
मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्याका लागि बलिउडको बाटो खुलेको भन्ने गरिन्छ । तर, उनलाई मिस इन्डिया प्रतियोगितामा भाग लिनुभन्दा अगाडिदेखि नै फिल्मबाट अफर आउन सुरु भएको थियो, जसमध्ये एक सन् १९९६ को ब्लकबस्टर फिल्म राजा हिन्दुस्तानी पनि हो । तर, उनले मिस इन्डियामा सहभागिता जनाउन योसहित अन्य चार ठूला फिल्मको अफर नकारेकी थिइन् ।
एक अन्तर्वार्तामा उनले भनेकी छन्,धेरैलाई यो लाग्छ कि मैले ब्यूटी प्याजेन्टका कारण बलिउडमा अवसर पाएँ तर मस“ग यस्तो भएको थिएन । ब्यूटी प्याजेन्टभन्दा पहिले नै मलाई फिल्मबाट अफर आउन थालेको थियो । तर, मिस इन्डियामा भाग लिन मैले फिल्मको प्रस्ताव अस्वीकार गरेँ । मैले मिस इन्डियामा भाग नलिएको भए सायद मेरो पहिलो फिल्म राजा हिन्दुस्तानी हुने थियो ।
राजा हिन्दुस्तानी को प्रिमियरको समयमा ऐश्वर्यामाथि सञ्जय लीला भंसालीको नजर परेको थियो र उनलाई हम दिल दे चुके सनम मा कास्ट गरेका थिए । यो फिल्मका लागि सञ्जयसँग दुई नाम थियो, करीना कपूर र मनीषा कोइराला । तर, ऐश्वर्यालाई भेटेपछि उनको मन बदलियो । उनको सुन्दरता र आवाजबाट प्रभावित भएर भंसालीले फिल्ममा ऐश्वर्यालाई नन्दिनी बनाउने निर्णय गरे ।
ऐश्वर्याले किन नकारेकी थिइन् राजा हिन्दुस्तानी
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg