एजेन्सी–इमरान हासमी रोमान्टिक हिरोका रुपमा चिनिन्छन् । बलिउडमा उनले सिरियल किसरको उपमा नै पाएका छन् । तर, त्यो समय अब गुज्रिसकेको छ । आजभोलि इमरान चलचित्रको कथावस्तुलाई ध्यान दिन थालेका छन् । उनी ठूला प्रोजेक्टको हिस्सा बन्न शुरु गरेका छन् ।
इमरान पछिल्लो समय यस्तै एउटा ठूलो प्रोजेक्टमा काम गरिरहेका छन् । जसका लागि उनले खुबै मिहिनेत पनि गरिरहेका छन् । इमरान सुपरस्टार सलमान खानको आगामी चलचित्र टाइगर ३ मा देखिँदैछन् । यसका लागि उनले शरीरमा ठूलो परिवर्तन ल्याएका छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको एउटा तस्बिरले निकै चर्चा बटुलिरहेको छ ।
इमरान बलिउडमा फिटनेस फ्रिक का रुपमा चिनिदैनन् । तर, टाइगर ३ को भूमिकाका लागि भने उनले निकै तयारी गरिरहेका छन् । यसका लागि उनी जिम जाने र नियमित व्यायाम गरिरहेका छन् । हालै इन्टग्राममा सेयर गरिएको तस्बिरमा पनि उनी जिम गरिरहेको देख्न सकिन्छ । त्यस्तै अर्को तस्विरमा आफ्नो सिक्स प्याक देखाउदै लेखेका छन् – यो त सुरुवात मात्र हो ।
टाइगर ३ सलमान खानको सुपरहिट फ्रान्चाइज एक था टाइगरको तेस्रो संस्करण हो । यस चलचित्रमा कट्रिना कैफको पनि भूमिका रहेको छ ।
टाइगर–३ मा सलमानसग इमरान भिड्न तयार
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg