चन्द्रपुर बजारमा मास्क बितरण

519

चन्द्रपुर–रौतहटको चन्द्रपुर बजारमा मास्क बितरण गरिएको छ ।
सामाज सेवामा समर्पित युवा समुहको आयोजनामा मास्क नलगाई हिडडुल गर्नेहरुलाई माक्स बितरण गरिएको हो ।
माक्स लगाउ,कोरोना भाइरस बाट बचौ र बचाउ भन्ने उदेश्य सहित चन्द्रपुर बजारमा किनमेल गर्न आउने देखि चपुर गौर रोडमा आवातजावत गर्ने सर्वसाधारण हरुलाई ५ सय थान माक्स बितरण गरिएको युवा समुहका बलिराम चौधरीले बताएका छन् ।
कोरोनाको तेस्रो लहर आऊने त्रासका कारण युवा समुहका १० जना युवाहरूको सक्रियतामा माक्स बितरण गरिएको उनले बताए । कोरोनाको जोखिम कम गर्न जिल्ला प्रशासनले भने सोमबार देखि भदौ १५ गते सम्म निषेधज्ञा लगाएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg