बिनोद चन्द्र कोइराला
सन्दर्भ १०७औ बी पी जयन्ती
नेपालको इतिहासमा कहिल्यै न मेटिने र देशमा मात्र हैन बिदेशमा पनि सम्मान पुर्वक लिइने एक मात्र ब्यक्तित्व हो बी पी कोइराला ।
आज भाद्र २४ उनै महान विचारकको १०७औ जन्मजयन्ती । प्रजातन्त्रवादिहरुको लागि आजको दिन स्मरणीय मात्र हैन पुजनिय पनि हो भन्दा निश्चय पनि अतिशयोक्ती नहोला ।
भारतिय स्वतन्त्रता संग्राम बाट राजनितीक यात्रा शुरु गर्नु भएका बी पी को राजनीतिक प्रेरणा श्रोत पिताजी कृष्ण प्रसाद कोइराला नै हुनुहुन्थ्यो । “परोपकार पुन्याय पापाय पर पिडनम “लाई आफ्नो मुलमन्त्र बनाउनु भएका पिताजिको छाप युवा बी पी मा शुरुदेखिनै देखियो । पछि गएर बी पी गान्धी बाट प्रभावित बन्दै जानू भएको स्वयम् बी पी ले नै भन्नू भएको छ ।
राजनिती बिचार (सिद्धान्त) बाट निर्देशित हुनु पर्दछ र राजनीतिमा त्याग,तपश्या,निष्ठा,इमान्दारिता,नैतिकता अपरिहार्य तत्व हुन् भन्ने बी पी को भनाइ थियो । तर दुखको कुरा बी पी ले राजनितिमा जे जे हुनुपर्दछ भन्नु भयो ती प्राय कुनै पनि गुण अहिलेको राजनितिमा पाइदैन । तथापि कांग्रेसले आफुलाइ बी पी विचारबाट संचालित भन्न भने छोडेको छैन ।
एउटा रोचक र घोचक घटना यहा“ कोट्याउन मन लाग्यो । राणाहरुको बिरोध गरेको भनेर पिताजी कृष्ण प्रसाद कोइराला लाई थुनामा राखिएको थियो । पिताजिलाइ माफी मागेर जेल मुक्त हुन राणा प्रतिनिधि बहादुर शाहले भनेछन् । त्यसको जवाफ पिताजी ले यसरी दिनु भएछ“भयको सिमा मृत्युु हो म मृत्यु देखिनै डराउन्न भने यो माफी माग भन्ने कुरा निरर्थक हो । रह्यो मेरा छोराहरुको कुरा,मैले जन्माएका छोराहरु मेरो औरस सन्तान हुन् भने यो अन्याय को प्रतिकार अवस्य नै गर्लान ।“
जसरी पिताजी अन्याय संग लडनु भयो र मृत्यु संग डराउनु भएन ठिक त्यही गुण बीपीमा पनि देखियो । बीपी ले कहिल्यै पनि बिचार र अन्याय संग संझौता गर्नु भएन ,न त कहिल्यै मृत्यु संग डराउनु भयो । राजा संग संझौता गरेर सत्ता साझेदार बन्न वहा“लाइ देश भित्रबाट मात्र होइन बिदेश बाट समेत दबाब,लोभ,प्रलोभन दिइयो तर वहा“ले त्यो दवाब र प्रलोभनलाइ ठाडै अस्विकार गरि दिनु भयो । आफ्नो स्वार्थ भन्दा देश र जनताको स्वार्थ ठूलो हो भन्ने मान्यातालाई आजिवन कायम राख्नु भयो । त्यसैले त बीपी माहान र सबैको पुजनिय बन्न पुग्नु भयो ।
तर अहिलेको अबस्था भिन्न छ ।अहिलेको राजनीति पद र पैसामा बिकेको छ । राजनीतिज्ञहरु बिचार र विवेक शून्य बनेका छन । पद र पैसाको लागी मुलुकको अस्मिता बेच्न पनि पछि नपरेको घटनाहरु सुनिदै र देखिदै छ । डनवाद र धनवादले प्रभुत्व कायम गरेको छ । आजको राजनिती र राजनितिज्ञहरु,केही अपबाद लाई छोडेर,बी पी को बिचार भन्दा कोशौं टाढा पुगेका छन् ।अर्थात आजको राजनीति बी पी बिचार भन्दा बिपरित ध्रुबमा पुगेको छ । यस्तो स्थिती आउनसक्छ भन्ने कुरा भबिस्य द्रष्टा बी पी ले त्यति बेलै आकंलन गर्नु भएको रहेछ,जुन आज सत्य साबित हुदै गएको छ । अर्थात बिचार र निष्ठा पाखा लाग्दैछ भने राजनीति लाई व्यापार बनाउनेहरुको कब्जामा पुर्याइएको छ ।
यहि समयमा बी पी कोइराला ले जन्माएको,हुर्काएको बढाएको र नाम कमाएको पार्टी नेपाली कांग्रेसको १४औ महाधिवेशन शुरु भएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार भनिएको मितिमा महाधिवेशनले पुर्णता पाइसकेको हुने थियो तर झन्डै २ बर्ष अगाडिनै सम्पन्न हुनुपर्ने महाधिवेशन नेतृत्वको निजि स्वार्थ र लहडमा कार्यतालिका बदल्दै अन्तिम अबस्थामा आएर महाधिवेशनको प्राथमिक चरणको कार्य प्रारंभ भएको छ । अर्थात नेपाली कांग्रेस दुर्घटना हुन बाट बचेको छ । यसलाइ पनि एउटा उपलब्धि कै रुपमा लिनु पर्ने अबस्थामा पुगेको छ कागं्रेस ।
महाधिवेशन को शुरुवात मै जे जस्ता दृश्य देखिए त्यसले पार्टिको भबिष्य अन्धकार नै देखिन्छ । बिचार ,निष्ठा,त्याग र आदर्श लाई पाखा लगाउदै पार्टी र नेतृत्व कब्जागर्ने जुन होडबाजी देखियो त्यसले इमान्दार र निष्ठावान कार्यकर्तालाइ निराश तुल्याएको छ ।
कतै नेपाली कांग्रेसको गौरबशाली इतिहास मेटिने पो हो कि भन्ने चिन्ता गर्नु पर्ने अबस्था देखिदै छ ।
प्राथमिक चरण को निर्वाचन (२१ जिल्ला मा त अझै बाकी छ)बाट क्षेत्रीय प्रतिनिधि को रुपमा चयन हुनु भएका साथीहरू ,जो कांग्रेस को आदर्श लाई स्वीकार गरेर आउनु भएको छ,वहा“हरुको काधमा ठूलो जिम्मेवारी आइपुगेको छ । अघिल्लो पुस्ताले हामिलाइ गर्व गर्न लायक ईतिहास भएको पार्टी सुम्पेको थियो । र हामि गर्बका साथ कांग्रेस भएर बाच्यौ । के हामी भोलिको पुस्ता अर्थात हाम्रा सन्तति लाइ त्यही गर्व गर्न लायक पार्टी हस्तान्तरण गर्न सक्छौ । अर्थात के हाम्रा सन्तति ले हामी माथी गर्व गर्न सक्लान कि हाम्रा पुर्खाले बनाएको र दिएको गर्व गर्न लायक पार्टी भनेर ? यो अहं प्रश्न प्रती प्रतिनिधि साथीहरू को ध्यान जानू जरुरी छ ।
अहिलेको कांग्रेस को अबस्था भनेको दयनिय अबस्था हो । नेपाली कांग्रेसको इतिहासमा नै पार्टी यति कमजोर कहिल्यै भएको थिएन । बिगत चुनाब ले यो तथ्यलाइ पुष्टि गरेको छ ।अरु संग प्रतिस्पर्धा गर्ने कुरा त परै जाओस् आफ्नै अधिबेशन पनि समयमा गर्न नसकेर पार्टिलाइ नै कोल्याप्स हुन बाट जोगाउन हम्मे हम्मे परेको छ । यो सबै अशक्ष्यम नेतृत्व को कारण बाट भएको हो भन्ने कुरा जगजाहेर नै छ । त्यसैले फेरि कांग्रेसलाइ गर्व गर्न लायक पार्टी बनाउने हो र ड्राइभिङ सिटमा पुर्याउने हो भने सक्षम नेतृत्व को खोजी आजको आवश्यक्ता हो ,जुन तपाईं प्रतिनिधिहरु को हात मा छ । हाम्रा हैन राम्रा (बिचारवान,निष्ठावान ब्यक्तिहरु)लाइ महाधिवेशन प्रतिनिधि बनाएर पठाउनु भयो भने निश्चय पनि आउने नेतृत्व सक्षम हुनेछ र फेरि कांग्रेस ले नया“ इतिहास बनाउने छ । हैन फेरि पनि “राम्रा हैन हाम्रा “खोज्नु भयो भने नेपाली कांग्रेसको इतिहास मेटिन धेरै समय कुर्नु पर्ने छैन । १०७औ बीपी जयन्तिको अवसरमा बीपीले जन्माएको पार्टी नेपाली कांग्रेसको वारेमा यस्ता निरासाजनक कुरा लेख्नु पर्दा निश्चय पनि पीडा त हुन्छ नै तथापी यथार्थ लाई कतिन्जेल ढाक छोप गर्ने ।
अन्तमा,फेरि पनि नेपाली कांग्रेस को १४औ महाधिवेशन बाट चुनिनु भएका र चुनिने क्षेत्रीय प्रतिनिधि र चुनिनुहुने महाधिवेशन प्रतिनिधि साथिहरुलाइ प्राध्यापक कृष्ण खनालका यी सत्य बचन स्मरण गराउदै र यो आलेखको अभिप्राय संग मिल्दो जुल्दो एउटा शेर समेत पस्कदै यो आलेख लाई अन्त गर्नेछु । “सत्ताको साख क्ष्यणिक र आबधिक हो,विवेकको साख जीवन पर्यन्त मात्र होइन पछि सम्म पनि रहने कुरा हो“ र यो स्मेत, “करो तो फैसला पहले अन्धेरे से निकलने का ये तब देखो की देतेहै सितारे रोसनी कैसि“
१०७औ बी पी जयन्तिको पावन अबसरमा यिनै शब्द श्रद्धाञ्जली स्वरुप अर्पण गर्दै अहिलेलाइ बिदा हुन्छु ।
जय नेपाल (अध्यक्ष बी पी बिचार समाज मकवानपुर )