नेकपा एमालेको एकै दिन २ ठाउमा बैठक

514

गरुडा–रौतहटमा नेकपा एमालेको एकै दिन २ ठाउमा बैठक भएको छ ।
शनिबार गरुडा नगरपालिका स्थित नेकपा एमालेको पार्टि कार्यालयमा रौतहट जिल्ला अध्यक्ष तुलसी गिरीको नेतृत्वमा जिल्ला बैठक सम्पन्न भएको थियो । भने अर्को तिर मौलापुर नगरपालिका स्थित पिकनिक पार्क पतौरा जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य उपेन्द्र साहको नेतृत्वमा बैठक भएको तर कारण बस सो बैठक स्थगित भएको स्रोतले जानकारी दिएको छ ।
गरुडा पार्टि कार्यालयमा सम्पन्न भएको जिल्ला बैठकमा नेकपा एमालेका प्रदेश कमिटि सदस्य कपिलदेव पटेल,राजु धामी,अनिल मिश्रा लगायतको सहभागिता रहेको थियो ।
यता मौलापुरमा स्थगित भएको बैठकमा रौतहट जिल्ला सह–ईन्चार्ज तथा केन्द्रय सदस्य रेखा झा,कुन्दन कुस्वाहा,उद्धव रेग्मी लागायतको सहभागिता रहेको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg