चन्द्रोदय साकोसद्धारा तीज बिषेश कार्यक्रमको आयोजना

466


चन्द्रपुर । रौतहटको चन्द्रपुर ४ स्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीज बिषेश कार्यक्रम गरेको छ । सनिबार आफ्ना महिला शेयर सदस्यहरुलाई तीजको पुर्बसन्ध्यामा मनोरञ्जन एब्म दर खुवाएर कार्यक्रम गरिएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देबकी नेपालले समाज रुपान्तरण र सामाजिक कार्यका साथै आफनो शेयर सदस्यको जीबन उकास्न चन्द्रोदय साकोसको भुमिका सराहनीय रहेको बताउनु भयो । सोही कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी फाँटका नसरे आलमले चन्द्रोदय साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना महिला शेयर सदस्यको भाबना साटासाट गराउने काय प्रशंसनिय रहेको बताउनु भयो ।

सोही कार्यक्रममा संकल्प साकोसका अध्यक्ष बिभु पोखरेलले सहकारी मार्फत सामाजिक परिबर्तन हुने भएकाले यसतर्फ आकर्षण बढाउदै लैजानु पर्ने धारणा राख्नुभयो । सोही कार्यक्रममा गुञ्जन एफएमका स्टेशन म्यानेजर सञ्जय कार्की, सरोकारअनलाईन टेलिभिजनका पवन घिमिरेले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

संचारकर्मी प्रिमेश सिबाकोटी, सागर हुमागाई, मुकेश साहको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रकाश गहतराजले गर्नु भएको थियो भने संचालन बसन्त आचार्यले गर्नु भएको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg