रौतहटमा रास्वपाप्रती युवा आकर्षण,क्षेत्र नम्बर ४ “क”मा २६ सय एकसट्ठीले लिए सदस्यता

1355

चन्द्रपुर । रौतहटमा पुराना दल छाडेर नयाँ दल रोज्ने युवाहरुको जमात बढ्दै गएको छ । गत निर्वाचनमा छोटो समयमा सफलता हासिल गरेको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति युवाहरु आशावादी हुँदै प्रबेश गरिरहेका छन् । हालसम्म रौतहट क्षेत्र नम्बर ४ मा २६ सय ६१ जनाले रास्वपाको सदस्यता लिएको रास्वपा केन्द्रिय कार्यालयले जानकारी दिएको छ । यो संख्या निरन्तर बढ्दै जाने पार्टीका सदस्य जनकराज भारतीले बताए । यसले रास्वपा मोह प्रष्ट देखाँउछ । पुराना दलहरु कांग्रेस,एमाले र माओवादीका कार्यकर्ता पार्टीपंक्तिको काम देखेर दिक्क मान्दै विकल्प खोज्न बाध्य भएको हुन सक्ने अनुमान राजनीतिक विश्लेषकहरु बताउँछन् ।
के हो रास्पवा ?
नेपाली जनतामा निहीत राष्ट्रिय सार्वभौमिकतालाई आत्मसात् गर्दै, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानी जनउत्तरदायी, जनसहभागितामूलक लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवर्द्धन गर्दै नेपालको संविधानले परिकल्पना गरेअनुसार दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गरी नेपाली जनताले महसुस गर्ने गरी जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासहित राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरी, असार ०७, २०७९ मा सार्वजनिक घोषणा गरेसँगै, असार १७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको नेपाली राजनीतिक दल हो रास्वपा ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg