गौर। रौतहटको देवाही गोनाही–१ करूनिया गाउँका ७५ वर्षीय शेख तैयबलाई गोली हानेर हत्या गरिएको हो । उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताए ।
इलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख इन्स्पेक्टर गोविन्द साहका अनुसार, मृतक शेख तैयवको टाउकोमा गम्भीर चोट देखिएको छ। त्यो पोष्टमार्टम रिपोर्ट आएपछि गोली लागेको वा अन्य हतियार प्रयोग भएको भन्ने खुल्ने छ। देवाही गोनाही–१ करूनियाबाट लक्षमिनिया जाने बाटो छेउमा बिहिबार बिहान उनको शव फेला परेको इन्स्पेक्टर साहले बताए ।
तैयबको बुधबार राति नै कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । बिहान स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेका तथा मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पाताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गोनाहीले जनाएको छ।