बागमती नदि बाट अवैधरुपमा ढुङ्गा निकासी


रौतहट २७ मंसिर । चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बागमती नदी किनारमा सयौ घनमिटर ढुंगा उत्खनन गरेर भण्डार गरिएको छ ।
चन्द्रपुर नगरपालिकाले बागमती नदीमा ठेक्का हालसम्म नलगाएको अवस्थामा अबैधरुपले उत्खनन गरेर भण्डार गरिएको छ ।
सयौं घनमिटर ढुंगा सम्बन्धित निकायले जफत गर्नुपर्ने स्थानीय वासिन्दाले माग गरेका छन् ।
अवैद्य रुपमा नदीबाट उत्खनन गरेर बागमती किनारको दोभान सामुदायिक वन क्षेत्रमा भण्डार गरिएको ढुंगा संकलनकर्ताहरु र व्यवसायीले विक्री वितरण समेत गर्दै आएकाे सरोकारवालाहरु बताउछन ।
चन्द्रपुर नगरपालिकाले बागमती नदिमा ठेक्का नलगाएको अवस्थामा ढुङ्गा संकलन गर्ने नियम बिपरित को कार्य गरेको गुनासो छ ।
उनीहरुले ढुंगा विक्री गर्न जिल्लाको दक्षिणी भेगमा लैजादा सर्लाहीको बागमती नगरपालिकाको ढुंगा हो भन्दै लाने गरेका छन् ।
नियम विपरित संकलन गरेर राखिएको ढुंगा नगरपालिकाले जफत गर्नुपर्ने स्थानीयको माग रहेको छ ।
डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत सुरेश महतोले नियम बिपरित बागमती नदि किनारमा उत्खनन गरेर भण्डार गरी राखेको ढुंगाको विषयमा अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles