सडक डिभिजनले बनाएको लाखौंको नाला पुरियो

चन्द्रपुर,१७ असार । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले करीव दुइबर्ष अघि निमार्ण गरेको नाला पुरीएको छ । फोहर जम्मा भएर दुर्घन्धित बन्दै गएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पुर्वपस्चिम राजमार्गको उत्तर तर्फ करीव चारसय मिटर नाला निमार्ण गरीएको भएपनि प्रयोग मा नआउदै पुरीएको हो । सडक डिभिजन कार्यालयले लाखौ खर्चेर सो नाला ठेकेदार मार्फत निमार्ण गरेको थियो ।
राजमार्गको कालोपत्रे गरीएको सडकमा जम्ने पानी नाला बाट बगाउने उदेश्यले निमार्ण गरेको भएपनि सडकको पानी नालामा नजानेगरी निमार्ण गरीएको थियो । नालामा अहिले फोहर जम्मा भएको छ । धेरै ठाउमा नाला पुरीएको छ ।

सडक कार्यालय चन्द्रनिगाहपुरले त्यस बेला लाखौ रुपैया“ कमिसन लिएर प्रयोग बिहिन संरचना हचुवाको भरमा निमार्ण गरेको स्थानियले बताएका छन ।
नाला व्यवस्थीत गर्न , सडक अतिक्रमण हटाउने र चन्द्रपुर चौक क्षेत्र लाइ व्यवस्थितगर्न भन्दै रुखहरु काटेर नगरपालिकाले बिक्री गरेको थियो । तर रुख बिक्री गरेपनि अन्य कामहरु भने नगरपालिकाले गर्न सकेको छैन ।
राजमार्ग क्षेत्रका बर पिपलका दर्जनौ रुख काटेपछि त्यसको जनस्तर बाट बिरोध आएको थियो ।
अहिले उक्त नाला प्रयोगमा नआउ“दा र ठा“उठा“उमा पु“रीदा फोहर जम्मा भएर दुर्घन्धित हुने गरेको छ ।