घुस्याहा वडाध्यक्ष विरुद्ध अदालतमा मुद्दा

बारा,१९ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्राहीसंग दुई लाख ७५ हजार बराबरको घुस मागेको आयोगले आरोप लगाएको छ । आयोगको हेटौंडाबाट गएको टोलीले अध्यक्ष र सोही वडाका मुसहर बैठालाई घुस लि“दालिंदै पक्राउ गरेको जनाएको छ ।
आयोगका अनुसार अध्यक्ष बैठकले उपभोक्ता समितिको अध्यक्ष बनाइदिने र सो काम गर्न नसके जसरी भए पनि काम दिलाइदिने भन्दै घुस मागेको पाइएको छ । आरोपी बैठालाई बिगो असुल गरी कैद सजायको समेत माग गरिएको छ ।
यस्तै घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरीदार नीता शर्मालाई रु ७० हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । कार्यालयले खरीद गरेको सामानको भुक्तानी प्रयोजनका लागि कमिशन मागेको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles