चन्द्रपुर २० असार
रौतहटको चन्द्रनिगाहपुरमा रहेको मासु पसलहरुको अनुगमन गरिएको छ । शुक्रबार चन्द्रपुर नगरपालिकाको पशु सेबा शाखा द्धारा चन्द्रनिगाहपुरका बिभिन्न ११ स्थानका मासु पसलको अनुगमन गरेको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख रामरती चौधरी, ईलाका प्रशासन कार्यालयका चन्द्रनिगाहपुर प्रतिनिधि, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि, वडानम्बर ५ का अध्यक्ष संजय काफले, वडानम्बर ६ का अध्यक्ष खडक कुश्वार लगायत संचारकर्मी द्धारा मासु पसलको अनुगमन गरिएको थियो । अनुगमन गर्ने क्रममा अधिकास मासु पसल मापदण्ड बिपरित रहेको पशु स्वास्थ्य शाखाका संयोजक दुर्गा चिमोरियाले बताए । अनुगमन समितिले अनुगमन गरेका मासु पसलका ब्यबसायी लाई पानीको निकास, स्वच्छ पानी, जालीको प्रबन्ध, सफा सुग्घर राखेर बिक्री गर्न सुझाब दिइएको छ ।