चन्द्रपुर ,२५ असार। डेंगु रोग नियन्त्रणको लागि लामखुट्टेको वासस्थान पहिचान गरी त्यसका लार्भा नष्ट गर्न चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले थालेको अभियान प्रभावकारी नभएको जनगुनासो छ ।
डेंगु सार्ने लामखुट्टेको प्युपा तथा लार्भा नष्ट गर्न गाउ“ गाउ“मा परिचालन गरेको स्वास्थ्य स्वयं सेविकालाई शाखा संयोजक हेल्थ असिस्टेन्ट अभयकुमार ठाकुरले कुशल प्रशिक्षण दिन नसकेको कारण अभियान प्रभावकारी नभएको गुनासो आएको हो ।
संयोजक ठाकुरले नगरको वडा नम्बर १ देखि ६ नम्बरका वडाहरुमा ३४ जना स्वयं सेविका परिचालन गरी लार्भा तथा प्युपा नष्ट गर्न खटाएको छ । साता दिन अघि उनले एक कार्यक्रम गरी ती वडाका वासिन्दा, स्वास्थ्य स्वयं सेविका, जन प्रतिनिधि र स्थानीय पत्रकारलाई लामखुट्टेको वासस्थानको बारेमा जानकारी गराएका थिए ।
उनले भने ‘डेंगु’ रोग फैलाउने ‘एडिस एजेप्टाई’ नामको लामखुट्टेले फोहर पानी मन पराउ“दैनन् । तिनीहरु टायर, प्लास्टिक, कन्टेनर, ड्रमलगायतका भाँडामा जमेका सफा पानीमा बस्छन् र फुल पार्ने काम गर्छन् । फुल प्युपा र लार्भाकोरुपमा विकसित भई लामखुट्टेको रुप धारण गर्छ । प्युपा र लार्भा नष्ट गर्दा लामखुट्टेको संख्या नै कम हुने भएकोले डेंगु रोगको संक्रमण पनि कम हुने जानकारी गराउ“दै उनले टायर, प्लास्टिक, कन्टेनर, डूममा जमेका पानी फाल्न स्वयं सेविका खटाए ।
उनले दिएका उक्त जानकारी बमोजिम स्वास्थ्य स्वयं सेविका गाउ“÷गाउ“ त पुगे तर टायर, प्लास्टिक, कन्टेनर, ड्रममा जमेका पानी नपाएपछि नालामा जमेको फोहर पानीमा बढी केन्द्रीत भए । नालाको पानी चलाउँदै हेर्दै हिड्न थाले । लार्भा र प्युपा मार्ने कुनै औषधी समेत नपाएका उनीहरु राजमार्ग तथा सहायक मार्गका नाला हेरेरै फर्किने गरेका छन् । नाम सार्वजनिक नगर्ने शर्तमा एक स्वयं सेविकाले भनिन् ‘पानी नपरेको धेरै भयो गाउँघरमा पानी भरिएको टायर, प्लास्टिक, कन्टेनर र डूम निकै कम संख्यामा पाइयो । त्यसैले नाला तिर जान बाध्य भयौं ।’
‘डेंगुको महामारी प्रमुख स्वास्थ्य समस्या भए पनि वातावरणीय अवस्थाले यो रोग लाग्ने भएकाले विज्ञहरू घर वा समुदाय वरपर सरसफाइ गर्न, घरभित्र भाँडामा भएको पानीलाई छोपेर राख्न, पानी जम्न सक्ने खाल्डाखुल्डी पुर्न सुझाउ“छन् ।’ यस प्रकारको चेतना अभिबृद्धि गर्न स्वास्थ्य स्वयं सेविकालाई खटाएको भए कार्यक्रम प्रभावकारी हुन्थ्यो तर पानी फालेर लार्भा नष्ट गर्न पठाएको कार्यक्रम बजेट सक्ने खेल मात्र भएको स्थानीयको आरोप छ ।
नगरपालिकामा १० वटा वडा छन् । जसमध्ये ६ वटा वडामा मात्रै उक्त कार्यक्रम गर्नाले अन्य वडालाई उपेक्षा गरेको वडा नम्बर ७ का युवा दिनेश खनालले बताए । स्वास्थ्य संयोजक ठाकुरले नगर भित्र समान व्यवहार नगरेको उनको आरोप छ ।
संयोजक ठाकुरले डेंगु रोग नियन्त्रण र यसबाट बच्ने उपाएको बारेमा दिएका जानकारी पर्याप्त नभएको कार्यक्रममा सहभागी अधिकांशले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट विशेषज्ञ झिकाई डेंगु रोग नियन्त्रण र यसबाट बच्ने उपाएको बारेमा प्रशिक्षण वा जानकारी दिलाउन लगाउनु पर्नेमा हेल्थ असिस्टेण्ट ठाकुरले दिएको जानकारी के प्रभावकारी हुनु ? नगरवासीको प्रश्न छ । पा“च लाख भन्दा बढी रकमको कार्यक्रम रहेको यो शीर्षकमा संयोजक ठाकुरले पैसा जोगाउन खोज्दा कार्यक्रम प्रभावकारी नभएको सरोकारवाला बताउ“छन् ।
विश्व स्वास्थ्य संगठनले डेंगु रोगको संक्रमणबाट बच्न दिएको सावधानी र सुझाव ः
विश्व स्वास्थ्य संगठनका अनुसार एडिस एजेप्टाइ र एइ.अल्बोपिक्टस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु भाइरसको संक्रमण हुन्छ । यही जातको लामखुट्टेले चिकनगुनिया, यलो फिभर र जिकाको समेत संक्रमण फैलाउने भएकोले यो लामखुट्टे बढी खतरनाक मानिन्छ । चिकित्सकहरूका अनुसार डेंगुको विशिष्ट उपचार नभए पनि, समयमै पत्ता लगाई उपचार थाल्ने हो भने बिरामीमा यसको प्रभाव कम हुनुका साथै संक्रमणमुक्त बनाउन सकिन्छ । किट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्मको हुने गरे पनि लामखुट्टेले पारेका फुलहरू वर्षौंसम्म वातावरणमा रहिरहने हुँदा त्यस्तो फुल उपयुक्त मौसममा लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगुको संक्रमण फैलाउने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने हु“दा घर वरपर पानी जम्न दिनुहु“दैन ।
डेंगुको महामारी प्रमुख स्वास्थ्य समस्या भए पनि वातावरणीय अवस्थाले यो रोग लाग्ने भएकाले विज्ञहरू घर वा समुदाय वरपर सरसफाइ गर्न, घरभित्र भा“डामा भएको पानीलाई छोपेर राख्न, पानी जम्न सक्ने खाल्डाखुल्डी पुर्न सुझाउ“छन् ।
चिकित्सकहरूका अनुसार टाउको दुख्ने, वाक्वाकी लाग्ने, ज्वरो आउने र हातखुट्टा दुख्ने जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जा“च गर्नुपर्छ । डब्लूएचओका अनुसार पछिल्ला वर्षहरूमा विश्वमा डेंगु रोगको संक्रमण नाटकीय रूपमा बढ्दो छ । विश्वको आधा जति जनसंख्या डेंगु रोगको जोखिममा छ । गम्भीर प्रकृतिको डेंगु पहिलो पटक सन् १९६० मा फिलिपिन्स र थाइल्याण्डमा देखिएको थियो । आजकल गम्भीर प्रकृतिको डेंगु प्रभाव एशियाली र ल्याटिन अमेरिकी मुलुकहरूमा बढी देखिएको छ । र, यसैकारण ती मुलुकहरूमा वयस्क र बालबालिकाको ज्यान पनि जाने गरेको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको उक्त सुझावको बारेमा एक चौधाई पनि जानकारी नभएका संयोजक ठाकुरले डेंगु रोगकोबारेमा दिनु भएको जानकारी अपर्याप्त थियो ।
२०७५ असार २५ गतेको जनसरोकार दैनिकमा प्रकाशित समाचार ।