माण्डवी संस्थाले गर्याे राहत वितरण

राही चंचल
गौर,१ साउन ।

विनाशकारी बाढीले रौतहट जिल्लाका विभिन्न गाउलाई तहसनहस गरे पछि घरवार गमाएका परिवारहरुलाई छाक टार्न कठिनाई भई रहेको छ ।
राहतको पर्खाईमा रहेको रौतहटवासीको सहारा बन्दै माण्डवी संस्थाले रौतहटको गौरमा राहत वितरण गरेको छ ।
गौर नगरपालिका वडा नं. ६ सवगढा टोलका मुस्लीम, दलित, अतिविपन्न वर्गका दुई सय पच्चास परिवारलाई अति आवश्यक राहत सामाग्री पेनीएपिलको सहयोगमा वितरण गरिएको माण्डवीका कार्यकारी निर्देशक अन्जु झा बताईन् ।
सवगढाका वडा अध्यक्ष शेख जमसैद संगको समन्वयमा स्थानिय भद्रभलादमीहरुको रोहवरमा पाल, चिउरा, होरलीक्स, मुढी, दालबुट, बिस्कुट, पानी, चिउरा लगायतका समाग्री वितरण गरिएको कार्यकारी निर्देशक झाले बताए ।
राहत पाए पछि बाढीले दुखित बनाएको अनुहारमा मुस्कान छाएको थियो ।
विगतका दिनहरुमा रौतहटवासीको लागि विभिन्न किसिमको कार्यक्रमहरु रौतहटमा ल्याई चर्चित बनेको माण्डवी २०७४ को बाढीमा पनि रौतहटवासीको सहारा बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles