चन्द्रपुर,१३ साउन ।
जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक बर्ष २०७५÷७६ मा बितरण गरेको काठमा अनियमितता भएको आरोप लागेको छ । समितिबाट काठ लैजान छुटपुर्जी पाएका अधिकांशले काठ नपाएको र पाएकाहरुले समेत कमसल(ग्रेड)बिहिन काठ पाएको आरोप लगाएका छन् ।
कतिपय उपभोक्तालाई त आफ्नै नामबाट कसले काठ लग्यो भन्ने जानकारी समेत नभएको कारण आपुर्ति समितिले अनियमितता गरेको आरोप स्थानीयले लगाएका छन् । डिभिजन वन कार्यालय रौतहटले सर्वसाधारणलाई सहज र सुलभ तरिकाबाट काठ उपलव्ध गराउन खालेको निवेदनमा सयौं उपभोक्ताले आवेदन दिएका थिए । तर,रानीतिक पंहुच र चिरान मिल संचालकले मात्र काठ पाएको वृन्दावन नगरपालिका वडा नम्बर ८ बौहरीका बिगन मिया दर्जीले आरोप लगाए । विगत ३ बर्ष देखि समितिले झुक्याइरहेको भन्दै उनले समितिको चन्द्रनिगाहपुर स्थित कार्यालयमा हंगामा समेत गरेका थिए ।
२०७३ सालमा वन कार्यालय चन्द्रनिगाहपुरमा घरायसी कार्यको लागि काठको माग गरेको र २०७६ साल आईपुग्दा पनि झुक्याईएको भन्दै उनले समितिले ठगेको आरोप लगाएका हुन । उनले ३ बर्षमा बल्ल तल्ल ए ग्रेड काठको राजस्व ८८ हजार तिर्दा समितिले बिग्रेको धमिराले खाएको ‘सी’ ग्रेडको काठ दिएको आरोप लगाउ“दै राजनीतिक पहुंच हुनेलाई कमै राजश्वमा काठ बितरण गरेको आरोप लगाए । आपूर्ति समितिबाट उपलब्ध गराइएको काठ लैजा“दा निवेदक स्वयम् उपस्थित हुनुपर्ने भए पनि चिरान मिल सञ्चालकहरुले काठ बुझेर लैजाने गरेका छन् ।
आपूर्ति खुलेको मौका छोप्दै रौतहटका अधिंकाश चिरान मिल र काठ उद्योगहरुमा तस्करीका काठ पुगिरहेका छन् । वन पैदावार आपूर्ति समितिले सर्बसाधारणलाई काठ बा“डेको रेकर्ड राख्दै काठ चिरान मिल सञ्चालकहरुलाई धमाधम बेचिरहेको स्थानीय बताउ“छन् । तीन श्रेणीमा छुट्टयाइएका काठ ६ सयदेखि १२ सय रुपैया“ क्यूफिटका दरले बिक्री वितरण हुने गरेको छ ।
मिल संचालकहरुले गाउ“लेलाई प्रलोभनमा पारेर जग्गाको लालपुर्जा र नागरिकताको फोटोकपी लिन्छन् र चिरान मिल सञ्चालकहरुले नै वडाकार्यालय बाट सिफारिस लिएर आपुर्तीका कर्मचारी मिलाएर काठ लैजाने गरेका छन् । दैवी प्रकोपको जिल्ला प्रशासन कार्यालय र घरकाजमा चाहिने काठका लागि नगरपालिकाबाट सिफारिस लिनुपर्ने व्यवस्था छ ।
आपूर्ति समितिले दैवी प्रकोपका लागि ३० क्युफिट, घरकाजका लागि ७० क्युफिट र कृषि औजारका लागि ७ क्यूफिट काठ उपलव्ध गराउने प्रावधान राखेको भएपनि आपुर्ति समितिले आफ्नै ढंगले काठ बितरण गर्दै आएको छ ।
अनियमितता भएको छैन–ठाकुर
आर्थिक बर्ष २०७५÷७६ मा आपुर्ति समितिले १३ हजार १ सय ६२ दशमलब २५ क्युफिट काठ बितरण गरेको आपुर्तिका सदस्य सचिव रामविर ठाकुरले बताए । उनले घरायसी कामका लागी ९ हजार ४ सय ९४ दशमलब ७०,दैवी प्रकोपमा ३ हजार ४२ दशमलब ९० र विकाश निर्माण कार्यका लागी ६ सय २४ .६७ क्युफिट काठ बितरण बाट १ करोड ९० लाख ८१ हजार २ सय १ रुपैंया राजश्व संकलन भएको बताए । उपभोक्ताले सहज रुपमा काठ नपाएको र काठ बितरणमा अनियमितता भएको भन्ने प्रश्न गर्दा सदस्य सचिव ठाकुरले नियमसंगत काम गरेको बताए । उनले आर्थिक अनियमितता नभएको र यो आरोप मात्र भएको दाबी गरे ।
नियमपुर्वक वितरण–प्रमुख सिंह
डिभिजन वन कार्यालयलाई प्राप्त भएको कागजात र सिफारिसका आधारमा काठ बितरण भएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख बिनोद सिंहले बताए । उनले ४० देखी ५० हजार क्यूफिट काठ वितरण गर्ने लक्ष्य भए पनि काठ अभावका कारण १३ हजार क्यूफिट काठ वितरण गरिएको जानकारी दिए ।
काठ वितरण बापत कुनै किसिमको कमिशन नलिएको उनले स्पष्ट पारे । स्थानीयले नै चिरानमा काठ पु¥याउने गरेको आफुले जानकारी पाएको उनले बताए । घरमा कसैले काठ चिर्दैन, चिर्ने भनेको चिरान मिलमै भएकाले पनि चिरान मिलहरुमा आपुर्तिको काठ देखिएका हुनसक्ने भन्दै प्रमुख सिंहले स्थानीयको नाममा बनेको छुटपुर्जीबारे आफूलाई जानकारी नभएको बताए ।