चन्द्रपुर,१३ साउन ।
बिनाशकारी बाढीले रौतहटमा के कति क्षति पु¥यायो भन्ने आधिकारीक तत्थ्याङ्क सार्वजनिक हुन नसकेको अवस्थामा विपद् व्यवस्थापन समिति रौतहटले जिल्लामा बाढी तथा डुबानबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको पाइएको छ ।
नेपाल प्रहरी र सम्बन्धित नगर तथा गाउ“पालिकाको समन्वयमा वडाका वडाध्यक्ष र रेडक्रस सोसाईटी एवं विभिन्न सरकारी कार्यालयद्वारा तयार पारेको तत्थ्याङ्क समितिले सार्वजनिक गरेको हो । जिल्लामा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको तत्थ्याङ्क गृह मन्त्रालयमा पठाइएको र सम्भावित विपद् व्यवस्थापन पूर्व तयारीका लागि समितिले कम्तिमा दुई वटा काठको डुंगा र पाँच वटा रबर बोटको माग गृह मन्त्रालय संग गरेको विपद् व्यवस्थापनका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।
सडकको अवस्था
बाढीको कारण जिल्ला कच्चि, ग्रेभल र पक्की (कालोपत्रे) गरी १४ वटा सडकमा पूर्ण तथा आंशिक क्षेति भएको छ । जसमध्ये सात वटा सडक हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । मानिसहरु वैकल्पिक मार्गबाट आवतजावत गरिरहेका छन् । जुन लामो र घुमाउरो छ । पूर्व—पश्चिम लोकमार्गको चन्द्रपुर नगरपालिका—२, गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका—६, कटहरियादेखि बाराचरियार सम्मको कटहरिया नजिक र बमनहरको पक्की सडकमा बाढीले क्षेति पुयाएको छ ।
यस्तै दुर्गाभगवती गाउपालिक— २ को गंगापिपरादेखि पिपराराजबडा हु“दै माधवपुर जाने ग्रेभल बाटो, सोही गाउपालिकाको गंगापिपरादेखि छतौना जाने नहरको बाटो र सोही नगरपालिकाको वडा नम्बर १ र ४ स्थित कच्चि बाटोमा क्षेति पुगेको छ । राजदेवी नपा —६ को ग्रेभल बाटो, बौधिमाई नपा—३ को कच्चि बाटो, मौलापुरदेखि बकैया पुलसम्मको कच्चि बाटो, राजपुर नपाको बालुवाटोलदेखि बकैयाको बाटोमा समेत क्षेति पुगेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको तत्थ्याङ्कले देखाएको छ । कार्यालय प्रमुख दारोगा प्रसादले क्षेतिबाट बिग्रिएका संरचनाको मर्मत तथा सम्भारको लागि पाच करोड ५० लाख रुपियाँको अनुमानित लागत पेश गर्नु भएको छ ।
खानेपानी सरसफाई तथा स्वच्छताको अवस्था
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सम्पर्क एकाइ कार्यालय गौरले विपद् व्यवस्थापन समितिमा बुझाएको तत्थ्यांक बमोजिम बाढीले पूर्णरुपले क्षति पु¥याएको ह्याण्ड पाईप दुई हजार ५१६ वटा, पूर्णरुपमा क्षति भएको शौचालयको संख्या तीन हजार ७७४ वटा र आंशिक क्षति भएको शौचालय पाँच हजार ३२ वटा रहेका छन् । जसबाट दुई लाख १९ हजार ३९० जनसंख्या प्रभावित छन् ।
तटबन्धको अवस्था
असारको अन्तिम सातादेखि शुरु भएको मनसुनको कारण जिल्लाको विभिन्न नदीमा पानीको सतह बढ्न गई तटबन्ध कटान गरी वस्ती प्रवेश गरेकोले ठूलो धनजनको क्षति भएको छ । बागमती नदीले गढीमाई नगरपालिका र दुर्गाभगवती नगरपालिकाको दुई स्थानमा तटबन्ध भत्काएको छ भने राजदेवी नगरपालिकाको ब्रम्हपुरीमा रहेको तटबन्ध भत्काउ“दै गरेको छ । जसको मर्मतको लागि नेपाली सेना खटेका छन् ।
यस्तै लालबकैया नदीले कटहरियाको हर्साहा, देवाही गोनाही नगरपालिका लगायत सात स्थानको तटबन्धमा पूर्ण क्षति पु¥याएको छ । यस्तै स्थानीय खोला झाँझ र अरुवाले जिल्लाको तीन स्थानमा आंशिक क्षति पु¥याएको छ । यसरी बागमती र लालबकैया नदीले भत्काएको तटबन्ध तत्काल निर्माण गरी क्षति न्यूनीकरण गर्न समितिले गृह मन्त्रालयमार्फत सम्बन्धित मन्त्रालयमा अनुरोध पत्र पठाएको छ ।
जलस्रोत तथा सिंचाई डिभिजन गौरले डुबानमा परेको वस्ती, खेति योग्य जमिन कटानआदिको पुर्नस्थापनाको लागि करिब एक करोड ८० लाख ७६ हजार रुपियाँ आवश्यक पर्ने जनाएको छ ।
खेति क्षतिको अवस्था
कृषि ज्ञान केन्द्र रौतहटले दिएको जानकारी बमोजिम रौतहटमा खेतियोग्य जमिन ६५९६९ हेक्टर छ । जसमध्ये ५८ हजार ४४० हेक्टर जमिनमा खेति गरिन्छ । यहा“ रोपाइ“ भएको १६ हजार हेक्टर धान खेत डुबानमा परी पूर्ण क्षेति भएको छ । यस्तै एक सय ८० हेक्टर क्षेत्रफलको ब्याडमा रहेको धानको बेर्ना, ३१० हेक्टर चैते धान, ४५ हेक्टर मकै बाली, दुई हजार ७०० हेक्टर जमिनमा लगाएको तरकारीबाली, एक सय ८० हेक्टर जमिनको फलफुल खेति र ५० हेक्टर जमिनको नर्सरी नष्ट भएको छ । केन्द्रका प्रमुख रविन्द्र श्रीवास्तवका अनुसार रौतहटको कृषि क्षेत्रमा अनुमानित तीन अरब २१ करोड ६२ लाख ९५ हजार रुपियाँ बराबरको क्षति भएको छ ।
पशुपंछी र माछाको अवस्था
बाढीको कारण जिल्लामा करिब ५१ करोड ५० लाख रुपिया“ बराबरको पशुपंछी, पोखरी र माछामा क्षेति पुगेको छ । पा“च हजार वटा ठूलो चौपाया (गाई, भैंसी, गोरु र रा“गा) मरेका छन् । सात सय वटा बाख्रा, ५० हजार वटा कुखुरा र १५ हजार वटा हा“स मरेका छन् । चार सय हेक्टर क्षेत्रफलको पोखरीमा ठूलो क्षति पुगेको छ भने त्यहाँ पालिएका सबै माछा बाढीले बगाएको भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र रौतहटको तत्थ्यांक छ ।
मानवीय क्षति
विनाशकारी बाढीले मानवीय क्षति समेत गरेको छ रौतहटमा । १६ जनाको मृत्यु भएको छ । जसमध्ये आठ जना त बालबालिका नै छन् । महिला दुई छन् । एक बालक र एक महिला बेपत्ता छन् भने तीन बालबालिकासहित पा“च घाइते छन् । मृतक सोनालाल साह राजपुर नपा(१), उमेश राउत (गौर नपा(८) र शिवमंगल पटेल (गौर नपा(३) का परिवारजनले जनही एक÷एक लाख रुपिया“ वित्तिय सहयोग प्राप्त गरेका छन् ।
उद्धार
नेपाली सेना, जनपथ र सशस्त्रको सक्रियतामा डुबानमा परेका ५८३ जना मानिसलाई जोखिमयुक्त उद्धार भएको छ । ११ हजार मानिसको सामान्य उद्धार भएको छ । सुरक्षा निकायको सक्रियताको कारण ०७४ सालको तुलनामा यस वर्षको बाढीमा मृत्यु हुनेको संख्या कम भएको हो ।
सहयोगी संस्था
बाढी पीडितको सहयोगको लागि जिल्ला र जिल्ला बाहिरका धेरै संघसंस्थाले अग्रता देखाएको छ । खाद्यान्न, लत्ताकपडा, पानी, गैर खाद्य वस्तु लगायत स्वास्थ्य उपचार र औषधी वितरण समेत गरेका छन् विभिन्न दात्री निकायले । नेपाल सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, युनिसेफ, अक्सफाम नेपाल, आरडीसी नेपाल, माण्डवी, राष्टिूय आवस संघ, नेपाल विद्यार्थी संघलगायत दर्जनौं संस्थाले बाढी पीडितलाइ सहयोग गरेको जिल्ला प्रशासन कार्यालयको तत्थ्यांक छ ।
बाढीबाट विस्थापित हुनेको जनसंख्या २५ हजार ६४ जना छन् । जसमध्ये चार हजार ९८५ घरपरिवार पूणरुपले विस्थापित भएका छन् भने आंशिक विस्थापित घरपरिवार १४ हजार ८८३ छन् । उनीहरुले स्थायी तर डुबानमुक्त बसोबासको माग गरेका छन् ।
बाढीका कारण रौतहटमा अर्बाैको क्षति
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg