दाईजोका लागी श्रीमतीको हत्या

गौर,२० साउन ।
हत्या अभियोगमा फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका तत्कालीन पिप्रा भगवानपुर गाविस वडा नं. २, हाल राजपुर नगरपालिका वडा नं. १ बस्ने बर्ष २५ को सन्तोष साह सोनार लाई पक्राउ गरेर अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनलाई प्रहरीले मोरङ जिल्लाको बेलवारीमा लुकि छिपी बसेको अवस्थामा सनिबार पक्राउ गरेको हो । भारत बिहार राज्य अन्तर्गत पुर्वी चम्पारण जिल्ला ग्राम पंचायत जटौलिया वडा नं. १२ बस्ने बर्ष ५० का किशोरी साह सोनारले आफ्नी छोरी लालमुनी देवीको हत्या भएको भन्दै निजका श्रीमान सन्तोष साह सोनार ,ससुरा राजेन्द्र साह सोनार, सासु प्रमिला देवी विरुद्ध कर्तव्य ज्यान मुद्धा अन्तर्गत जाहेरी दिएका थिए । २०७३ पुस १३ गतेका दिन दाईजो नल्याएको भन्दै तीनै जनाले घा“टी थिचेर लालमुनीको हत्या गरेको प्रहरीले जनाएको छ ।

सन्तोष साह सोनार ,ससुरा राजेन्द्र साह सोनार, सासु प्रमिला देवी समेतले मिली घा“टी थिची कर्तब्य गरी मारी बुहारी सुत्ने कोठाको पंखामा साडीको पासो लगाई झुण्डी आत्महत्या गरी गम्भीर घाईते भएको भनी बाहाना बनाई गा“उ घरका कोही कसैलाई जानकारी नगराई आफुले गरेको कसुरलाई ढाकछोप गर्न खोजेको प्रहरी अनुसन्धानले देखाएको प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles