गौर,०४ भदौ ।
रौतहट प्रहरीले हातहतियार खरखजाना मुद्धामा ९ बर्षदेखी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं. २ बस्ने वर्ष ४२ को रामएकवाल सहनीलालाई प्रहरीको सिआईटी टिमले सोमबार राती गरुडा नगरपालिकास्थित झा“झपुल नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
पक्राउ परेका सहनीले २०६७ साल मंसिर १७ गते भूमिगत तराई मुक्ती मोर्चाका ५ जनाको समुहमा रहेका हतियारधारी समुह बिच सर्लाहीको भवानीपुर गा.वि.स. वडा नं. ३ स्थित सुकमारी मन्दिर नजिक दोहोरो भिडन्तमा गोली हानी ५४ एमएम को ठुलो चाईनिज पेस्तोल लुटेर लगेको एसपी खत्रीले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा समेत फरार रहेका सहनीका साथबाट एक थान कटुवा पेस्तोल थान ,१ गोली र २ थान खोका सहित नियन्त्रणमा लिई हातहतियार खरखजाना अन्तर्गत मुद्धा चलाएकोमा उनि फरार हुन सफल भएका थिए ।पक्राउ परेका सहनीलाई हातहतियार खरखजना मुद्धामा आवश्यक कार्वाही पश्चात कर्तव्य ज्यान मुद्धाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई समेत बुझाईने एसपी खत्रीले जानकारी दिनुभयो ।