गौर,०५ भदौ ।
रौतहट क्षेत्र नं. ३ का संसद तथा प्रदेश नं. २ का नेकपाका अध्यक्ष प्रभु साहले पदको दुरुपयोग गरेर एइलौटी गर्न खोजेको आरोप नेकपाका असन्तुष्ट पक्षले लगाएका छन । जिल्ला सदरमुकाम गौरमा बुधबार आयोजित पत्रकार सम्मलेनमा असन्तुष्ट पक्षले साहले पदको चरम दुरुपयो गरेका कारण प्रदेश अध्यक्ष साहलाइ कार्वाहीको माग समेत गरेका छन् । साहले द्द दिन अघि मात्रै प्रदेश अध्यक्षबाट राजीनामा बुझाएका थिए ।
उनको राजीनामा समाचार तयार पार्दा सम्म स्विकृत भईनसकेको अवस्था छ । नेकपाका पुर्व सभासद अशोक जयसवालले गौरमा पत्रकार सम्मेलन गरेर संसद प्रभु साहले बिगत लामो समय देखी पार्टीमा ठुलो योगदान दिएका साथीहरुको मानमर्दन र चरित्र हत्या गर्ने काम गरेको आरोप लगाएक छन् । उनले पार्टीका धेरै कार्यकर्ताले प्रभुको कारणले पार्टी छाडड्न बाध्य भएको बताएका छन् ।
पछिल्लो पटक प्रदेश सदस्य,जिल्ला पदाधिकारी,जिल्ला सदस्यहरुको नामाबली , नगर कमिटिको पदाधिकारी चयनमा पुरै गुटबन्दी गर्दै एकलौटी आफ्ना मान्छे राखेर तानासाह प्रबृत्ति देखाएको आरोप लगाए । सांसद साहले पदको दुरुपयोग गदै बिभिन्न नगरपालिकामा आफनो मान्छेलाइ मात्रै टिकट दिएको बताउदै पुर्व सभासद जयसवालले मन्त्री पद हत्याउनको लागी उनले राजिनामा दिएको नाटक गरेर सम्पुर्ण कार्यकर्ता र पार्टीकै बेईज्जत गरेको गम्भिर आरोप लगा । उनले भन,हुन र यो सबै उनको नाटक हो म बिगत १० बर्ष देखी रौतहट जिल्लाको पार्टी इन्चार्ज,केन्द्रिय सदस्य समेत भएको मान्छेलाइ २ बर्ष देखी दबाएर राखे र म जस्ता धेरै कार्यकर्तालाइ दबाएर राख्ने प्रयास गरेको छन ।’ पुर्व सभासद जयसवालले बलिदानीको गरिमामय इतिहास बोकेको पार्टीलाइ रौतहटमा सिध्याएर साहले आफ्नो घरपरिवार र दलालहरुको पार्टी बनाउन खोजेको आरोप समेत लगाए ।