चन्द्रपुर,९ भदौ ।
चन्द्रपुर नगरपालिकाका दलित एवं विपन्न महिला जंगली तरकारी बेचेर घरखर्च चलाउ“छन् ।
आयआर्जनको कुनै स्रोत नभएका उनीहरु घर खर्च चलाउनकै लागि दिनहु“जसो जंगली तरकारी खोजेर विक्री गर्दै आएका छन् । पूर्व—पश्चिम राजमार्गको उत्तरी र दक्षिणी क्षेत्रमा रहेको चन्द्रनिगाहपुर खण्डको वनमा जंगली तरकारी पाइन्छ । चन्द्रपुर नगरपालिका ५ नहर छेउमा बसोबास गर्दै आएकी ललितादेवी राम बिहानको खाना पछि कहिले उत्तर र कहिले दक्षिण तर्फको जंगलमा तरकारी खोज्न जाने गर्छिन । सा“झ सम्म जंगली तरकारी बोकेर विक्रीको लागि चन्द्रनिगाहपुर चोकमा आइपुग्छिन उनी । जंगलको भेउ बुझ्न सफल उनिसंग सात जना विपन्न महिला पनि पछि लाग्छन् तरकारी खोज्नका लागी जंगलतर्फ । उनिहरु पनि जंगली तरकारीको विक्रीबाटै घरखर्च चलाउछ्न । अहिलेको सिजनमा जंगलमा जिब्रे, मयुरखुट्टे, जलुको लगायतका साग पाइन्छ भने निउरो र मोरंगे प्रायः बाह्रैमास पाइने गरेको अर्कि विपन्न महिला करुनिया रामले बताईन । झण्डै दुई सय ५० ग्राम जतिको एउटा मुठा सागको कम्तिमा २० रुपिया“मा विक्री हुन्छ । एक जनाले ३० देखि ५० मुठासम्म साग ल्याउने गरेको विपन्न महिला ललितादेवीले बताईन ।