साईकल सहित काठको गोलिया बरामद

चन्द्रपुर,१० भदौ । प्रहरीले साईकलमा र काठको गोलिया बरामद गरेको छ ।
अस्थाई प्रहरी पोष्ट चन्द्रनिगाहपुरको तल्लो बजारबाट खटिएको प्रहरी गस्ती टोलीले २ थान काठ र १ थान साइकल बरामद गरेको छ ।
प्रहरी टोलीलाई देख्नसाथ चोरीमा संलग्न व्यक्तिहरु भागी फरार रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । चन्द्रपुर नगरपालिका वडा नं. ५ राजपैडा स्थित सडकमा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरीएको साईकल र काठलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय रौतहटमा बझाईएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg