गौर राईस मिलको कुरो कता हरायो ?

गौर,१० भदौ ।
गौरस्थित राइस मिलको जमिनमा विगत ७ वर्षदेखि झमेला हु“दै आएको छ । कहिले भुमाफियाले जमिन बिक्रि गर्न लागे भन्दै स्थानीयले आन्दोलन गर्ने त कहिले प्रदेश सरकारले छानबिन समिति बनाउने काम मात्र भयो ।
छानबनि समिति पनि अहिले मौन बसेको छ । भूमाफियासहितको टोलीले मालपोतका कर्मचारीलाई प्रलोभनमा पारी बिक्री गर्न लागको भन्दै नेकपाका प्रदेश २ का सदस्य शम्भु साहसहितको टोलीले प्रमुख जिल्ला अधिकारी किरण थापाको ध्यानाकर्षण समेत गराएका थिए । तर,हालसम्म गौर राईस मिलमा रहेको झमेला हटेको छैन, अहिले आन्दोलनकारी र प्रदेश सरकार तै चुप मै चुप जस्तै बनेका छन् ।
नक्कली कागजको भरमा केही माफियाले राइसमिलको जमिन बिक्री गर्न बारम्बार प्रयास गरिहेको आरोप स्थानीयको छ । मालपोतका कर्मचारीको पनि मिलोमतो रहेको आरोपछि तत्कालिन मालपोत प्रमुख वकिल पालले वीरगन्जस्थित आफन्तको खातामा लाखौं रकम पठाइएको भन्दै साहले छानबिनका लागि प्रशासनमा निवेदन समेत दिएका थिए । त्यो निवेदनको प्रक्रिया कहा“ पुग्यो भनेर अहिले कसैले वास्ता गरेका छैनन् । २०७५ पुस ११ मा मालपोत प्रमुखको रुपमा हाजिर भएका पालले आफन्तको नाममा गत वैशाख १२ सम्ममा पटकपटक गरी नेपाल बैंक लिमिटेड वीरगन्ज शाखामा ५५ लाख ९ हजार सात सय रुपैया“ ट्रान्सफर गरेको आरोप थियो । तत्कालिन मालपोत प्रमुख पालले रकम कहा“बाट कसले र कुन उद्देश्यले पठाइएको आफूलाई थाहा नभएको र फसाउने षड्यन्त्र गरेको दाबी गरेका थिए । २००३ सालमा गौर राइस एन्डफ्लोर मिलको नाममा स्थापना भएको उद्योगले ५ बिघा १९ का १५ धुर जमिन ओगटेको छ । झन्डै चार दशकदेखि खेल मैदानका रुपमा प्रयोग हु“दै आएको छ । मिलको जमिन २०२१ सालमा भूमि सुधार तथा सर्वेमा गौर राइस एन्ड फ्लोर मिल लेखिएको पाइएको छ । तत्कालीन नेपाल सरकार, केही प्रतिष्ठित उद्योगी र भारतीयको संयुक्त लगानीमा स्थापित मिल २०३२ सालमा आन्तरिक कारणले बन्द भएको थियो ।
३० बर्ष संचालनमा आएको मिल त्यसै बेला देखी अलपत्र अबस्थामा छ । पछिल्लो समय यहा“ स्थानीयले खेलकुदको आयोजना, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, मेला, महोत्सव, महायज्ञ गर्ने, र दलहरूले आमसभा गर्दै आएको छरु। सरकारको समेत लगानी रहेको र उद्योग बन्द भएपछि यसले चर्चेको जमिन स्वतः सरकारको हुने स्थानीयको बुझाइ छ । यही कारण पनि राईस मिलको जमिनमा झमेला हु“दै आएको छ ।
२०६८ असार ८ मा तत्कालीन सञ्चालक समितिको बैठक बसी राइस मिलको जग्गा बेच्ने निर्णय गरेको पाइएको छ । उद्योग संस्थापक मध्ये कतिपयको मृत्यु भइसकेको छ । कतिपयलाई थाहै नदिई भारतीय लगानीकर्ता दरभंगाका व्यापारी बिजयप्रसाद बजाज, अरबिन्द बजाज र गोपालप्रसाद बजाजको किर्ते हस्ताक्षर गरि मिलको जमिन बेच्ने निर्णय गर्नुका साथै समितिको सचिवमा वैकुण्ठ पौडेललाई तोकेको नेता साहको दाबि छ । पौडेलले २०६६ साउन १९ मा मिलको जमिनको २०२४ देखि २०६६ सालसम्मको मालपोत तिरेको देखिन्छ । उनले नगरपालिकाको अभिलेखमा मालपोतबापत ५५ हजार ७ सय गौर नगरपालिकालाई तिरेको प्रमाण राखेका छन । पौडेलले उक्त जमिन बिक्रि गर्न पाउनु पर्ने जिकिर गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles