सम्पत्ती विवरण बुझाउदा पनि जरिवाना

गौर,१० भदौ ।
सम्पत्ती विवरण बुझाउ“दा पनि जरिवानामा परेको रौतहटका एक शिक्षकले गुनासो गरेका छन् । शिक्षक कमलेशकुमार लाल कर्णले शिक्षक किताव खानामा २०७४÷०७५ को सम्पती विवरण बुझाएपनि आफूलाई जरिवाना गरि“दा अन्यायमा परेको गुनासो गरेका हुन । शिक्षक पेशामा आबद्ध रहेका शिक्षकहरुले शिक्षक किताव खानामा सम्पत्ती विवरण वुझाउनुपर्ने प्रावधान रहेको छ । सोही अनुसार जिल्लाकोे वृन्दावन नगरपालिका ३ मा रहेको तत्कालिन आधारभुत विद्यालय विश्रामपुर हाल मावि विश्रामपुरमा प्रावि द्धुतीय श्रेणीमा कार्यरत शिक्षक कर्णले आर्थिक बर्ष २०७४÷०७५ को सम्पत्ती विवरण भरेर अतिरिक्त हुलाक कार्यालय विश्रामपुरको रसिद नम्बर ०६४२५१ मिति २०७५ भदौं ७ गते शिक्षक किताव खाना म्युजियम मार्ग छाउनी काठमाण्डौमा पठाएका थिए । शिक्षक किताव खानामा सम्पत्ती विवरण पठाएपनि आफूलाई विवरण नपठाएको भन्दै ५ हजार जरिवाना गर्दा साह्रै अन्यायमा परेको उनले गुनासो गरे ।
शिक्षक कर्णले २०४२ साल वैशाख १६ गते देखि स्थायी शिक्षकको रुपमा कार्यरत रही नेपाल सरकारबाट प्रत्येक बर्ष कर्मचारीहरु सम्पत्ती विवरण बुझाउन निर्देशन जारी गर्दा प्रति बर्ष बुझाउ“दै आएको पनि जरिवानाको सुचिमा नाम प्रकाशित गर्दा आफू माथि अन्याय भएको बताए । उनले ०६४२४९, ०६४२५०, ०६४२५२ को कागजातहरु पुग्यो तर आफ्नो ०६४२५१ नम्वरको डकुमेण्ट नपुगेकोमा आश्चर्य व्यक्त गरे । कर्णका अनुसार शिक्षक किताव खानामा बुझ्न लगाउ“दा रेकर्ड प्राप्त नभएको र हुलाकको रसिद भए राष्ट्रिय सतर्कता केन्द्रमा गएर उजुरी गर्न सुझाव दिएको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचार प्रशासन तथा सुशासन प्रवद्र्धन शाखाले जारीको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालको २०७४÷०७५ को सम्पत्ती विवरण नबुझाउनेहरुलाई चलानी नम्वर २६५९ को मिति २०७६ असार ८ गतेको पत्र अनुसार रौतहटका ६१ जना शिक्षकलाई जनही ५ हजारको दरले जरिवाना गर्न निर्णय भएपछि मन्त्रालयबाट जिल्ला शिक्षा कार्यालय रौतहटमा उक्त पत्र प्राप्त भई सुचना पाटीमा टा“स भएपछि शिक्षकहरु जरिवानामा परेको थाहा पाएको शिक्षक कर्णले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles