डिलरले खाना पकाउने ग्यासमा उपभोक्ता ठग्दै

चन्द्रपुर १८ भदौ । चन्द्रपुर नगरपालिकाले बजार अनुगमनमा बेवास्ता गरेको कारण नगरपालिकामा रहेको एल पी ग्यासका डिलरले उपभोक्ता ठग्ने गरेको पाइएको छ । सरकारले तोकेको मूल्य भन्दा बढी मूल्य लिएर ग्याँसका डिलरले उपभोक्ता ठगेको पाइएको हो ।

सरकारको पछिल्लो मूल्य प्रति शिलिण्डर एक हजार तीन सय ७५ छ । तर यहा“का डिलरले उपभोक्तासंग एक हजार चार सय रुपिया“ लिएर प्रति शिलिण्डर २५ रुपिया“ ठग्ने गरेका छन् । नगरपालिकाको पुरानो बजार चन्द्रनिगाहपुरमा रहेको प्रियंका भाँडा पसलका सञ्चालक हरिशंकर राउतले अम्बर ग्या“स उद्योग वीरगंजको डिलर लिएका छन् ।

उनले नगरपालिकाको वडा नम्बर ६ का उपभोक्ता आइते अस्तानी मगरसंग एक शिलिण्डर ग्याँसको चौध सय रुपियाँ लिएका छन् । उपभोक्ता मगर भन्छन्,“मैले तिरेको मूल्यको बिल माग्दा उल्टै मलाई साहुजीले हप्काए ।” झट्ट हेर्दा उक्त पसल थोरै लगानीमा खोलिएको सानो पसल जस्तो लाग्छ । तर गोदाम भने भाँडा र ग्यासले भरिभराउ छ । सरकारी दरभाउको जानकारी नभएका सोझा उपभोक्तालाई नगरका अधिकांश ग्या“सका डिलरले मूल्यमा ठग्दै आएका छन् ।

शिलिण्डरमा २५ रुपैया“ बढी लिनु भनेको भन्दै बिर्को नभएकै कारण २५ रुपैया“ बढी लिएको डिलरवाला राउतले बताए । यस सम्बन्धमा अम्बर ग्या“स उद्योग वीरगंजका अम्बर कयल भन्छन् “उद्योगले डिलरलाई तेह्र सय १५ रुपिया“मा एक शिलिण्डर ग्याँस उपलब्ध गराउ“छ । ग्राहकले बिर्कोसहितको शिलिण्डर फिर्ता गरेको छ भने डिलरले प्रति शिलिण्डर तेह्र सय सय ५५ रुपैया“ मात्र लिनु पर्छ । यदी विर्को नभएको शिलिण्डर फिर्ता गरेको छ भने सरकारी रेटबमोजिम प्रति शिलिण्डर तेह्र सय ७५ रुपैया“मा नया“ शिलिण्डर दिनु पर्छ ।”

डिलरवाला राउतले बिर्को भएको होस् वा नभएको होस् सबै ग्राहकसंग प्रतिशिलिण्डर चौध सय रुपैया“ लिने गरेको अम्बर ग्या“सका उपभोक्ता बताउ“छन् । चन्द्रपुर नगरपालिकाको बजार अनुगमनमा देखिएको उदासिनताको कारण नगरपालिकामा कालाबजारी व्याप्त रहेको स्थानीय बताउ“छन् । यता चन्द्रपुर नगर उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरका अध्यक्ष शुनिलकुमार जैशवालले कालाबजारी गर्ने जो कोही व्यापारीलाई कारवाही हुने बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg