गौर,२९ भदौ ।
रौतहटको गढीमाई नगर पालिका वडा न ६ का वडा सदस्य महेन्द्र राय यादवले भारतीय नागरिकलाई नागरिक्ता बनाएको छ ।
भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरेको भनी राजेश राय यादव र धिरेन्द्र राय यादवले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दर्ता गराएका छन ।
साविक धर्मपुर वडा न ६ निवासी राजेश यादव र धिरेन्द्र यादवले जिप्रकामा उजुरी दर्ता गराएका हुन । गढीमाई नगर पालिका वडा न ६ का वडा सदस्य महेन्द्र राय यादव , आनन्दी देवी र भारतमा घर भई नेपालको काठमाण्डौमा बस्दिै आएको कन्हैया राय यादवको विरुद्धमा उजुरी दर्ता गराइएको उजुरी कर्ताले बताएका छन ।
भारतीय निवासी यादव २०७५ पौष १३ गतेका दिन इलाका प्रशासन कार्यालय गरुडाबाट ०२३५८ नम्बरको नागरिकता प्राप्त गरेको उजुरीमा उल्लेख गरेका छन । गढीमाई नगरपालिका वडा न ६ का वडा अध्यक्ष राम सिगासन राय यादवले २०७५ असोज २५ गतेका दिन वडा सदस्य महिन्द्र राय यादवलाई निमित दिएर बाबाधाम गएको वेलामा निमित वडा अध्यक्षले आर्थिक प्रलोभनमा भारतीय निवासी कन्हैया राय यादवलाई आनन्दी देवीको छोरा बनाई नागरिकता दिलाएको उजुरीमा उल्लेख गरेका छन ।
नागरिकता ऐन २०६३ को दफा १४ बमोजिम झुठा विवरण दिई बनाएको नागरिकता बदर गरी नागरिकता ऐन २०६३ को दफा २१ बमोजिम हदै सम्मको दण्ड सजाय दिलाई पाउ भनी उजुरीमा जनाएको छ ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय गौरमा सम्पर्क गर्दा तिनै जनालाई तिन भित्रमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाइएको छ । वडा सदस्य यादव लगायत अन्य जनास“ग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।