नेपाली कांग्रेस चन्द्रपुर कार्य समिति द्धारा दिप प्रज्वलन

चन्द्रपुर,०३ असोज ।
नेपालि काग्रेस चन्द्रपुर कार्य समितिले दिप प्रज्वलन गरी दिपावली मनाईएको छ । चौथो संविधान दिवशको उपलक्ष्मा चन्द्रपुर ४ स्थित तिनकुने पार्कमा दिप प्रज्वलन गरी संविधान दिवश मनाएको हो । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य तथा चन्द्रपुर नगर सभापति धनलाल ठोकरको नेतृत्वमा दिप प्रज्वलन गरिएको थियो ।
सो कार्यक्रममा नेपालि का“ग्रेस क्षेत्र नम्बर ४ का उप–सभापति नरेश लामिछाने,नेपालि का“ग्रेस जिल्ला कार्य समिति सदस्य मुकेश गिरी,नेविसंघ निबर्तमान केन्द्रीय सदस्य नवराज देवकोटा,कल्याण कार्कि,अधिकार लामिछाने,जन ज्योति बहुमुखि क्याम्पसका स्ववियु सभापति संगम श्रेष्ठ लगाएत जन प्रतिनिधि संचारकर्मिहरुको सहभागिता रहेको थियो । रौतहट क्षेत्र नम्बर ४ का पार्टी कार्यालय समेत बेहुलि झै सिङगारीएको नेपालि काग्रेस क्षेत्र नम्बर ४ का उप–सभापति लामिछानेले बताए । सोही कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटि रौतहटले पनि दिप प्रज्वलन गरि चौथो संविधान दिवश मनाएको थियो ।