सडक बालबालिका प्रति मौन सरोकारवाला

चन्द्रपुर,६ असोज ।
चन्द्रपुर चौक तथा बजार क्षेत्रमा मगन्ते बालबालिकाहरु जोखिमपुर्ण अवस्थामा बा“चिरहेका छन । उनीहरुको खानेबस्ने ठेगान छैन ।
उनीहरु मागेर केही पैसा भयो भने खाने र नभए भोकै सुत्ने गरेका छन ।
सरोकारवाला निकायहरुले यस बिषयमा ध्यान नपु¥याउ“दा सडक बालबालिकाहरुको चन्द्रपुर क्षेत्रमा संख्या बढ्दो छ ।
रौतहट जिल्लाका विद्यालयले विद्यार्थी भर्ना अभियान अन्र्तगत प्रचार प्रसार गरिरहेका बेला पुर्व पश्चिम राजमार्गको व्यस्त बजार चन्द्रनिगाहपुरमा भने दर्जनौ बालक हरु जोखिम काम मा लागेको पाइन्छ ।
गरीबीका कारण आफन्तहरुले बजार क्षेत्रमा ल्याएर माग्न छोडेको उनीहरु बताउछन् । केही बालबालिकाहरुले भने जोखिमपुर्ण काम गरेर घरमा पैसा दिने गरेका छन् ।
रौतहट जिल्लामा प्रत्यक बर्ष बैशाख महिना भरी विद्यालय भर्ना अभियान चलाईन्छ । तर त्यो सफल हुन सकेको छैन । अभियानले दलित र सडकका बालबालीकालाई कहिले समेट्न सकेको छैन ।
केहि महिना यता देखी चन्द्रपुरको चौक बजार क्षेत्रमा मगन्ते वालवालिकाहरु समेत देखा पर्न थालेका छन ।
आर्थिक अवस्था नाजुक रहेका परिवारका बालबालिका चन्द्रनिगाहपुर स्थित राजमार्गमा पानी,बदाम,दालमोठ लगाएतको खानेकुरा बेच्नेहरु समेत छन ।
विद्यालय जाने उमेरका दर्जनौ बालकहरु राजमार्गमा गाडी रोक्नासाथ पानी तथा अन्य खानेकुरा बोकेर बेच्न दौडन्छन् ।
एक बच्चाको भर्ना मेरो सामाजिक दायीत्व, पहुचको सुनिश्चितता र सिकाइमा स्थायीत्व भन्ने नाराका साथ सबैले विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख अन्य पिछडिएका बर्गका शिक्षाबाट बञ्चित एकजना बालबालीकालाई आफैले न्यूनतम स्टेसनरी र पोशाकको ब्यवस्था गरी भर्ना र निरन्तर अभिभावाकत्व ग्रहण गर्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । तर रौतहटमा त्यो लागु भएको पाईदैन् ।
रौतहट जिल्लामा बिभिन्न संघ संस्थाहरूले बालश्रममुक्तको अभियान चलाए पनि सफल हुन सकेको छैन । अन्र्तराष्टिूय गैरसरकारी संस्था प्लान नेपालले लामो समयदेखी रौतहटमा बालबालीकाको क्षेत्रमा काम गर्दै आएको भएपनि बालश्रम उन्मुलन हुन सकेन । अहिले सो संस्थाले
रौतहट छोडेको छ ।
बालबालिकाको क्षेत्रमा जिल्लामा दर्जनौं संघसंस्थाहरुले बर्षौ देखी काम गर्दै आएका छन् तर होटलमा काम गर्ने, पानी बेच्ने तथा मागेर हिड्ने बालबालिकाहरु प्रति उनीहरुको ध्यान पुगेको छैन ।
बजारीकरण संगै सडक मा बस्ने बालबालिकाहरुको संख्या बृद्धी हूुदै गएको छ ।
स्थानिय तहको निर्वाचन पछि यस्ता समस्याहरु समाधान गर्न नगरपालिकाले ध्यान दिनुपर्ने हो तर प्रभावकारीरुपमा योजनाहरु अगाडी ल्याएको पाइदैन ।
सडकमा मागेर हिड्ने बालबालिकाहरु सवारी दुर्घटनामा पर्ने खतरा छ । उनीहरु सडक किनारमा , चौरमा सुतिरहेका देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles