चन्द्रपुर,६ असोज ।
चाडबाड नजिकिने क्रम संगै रौतहटमा तरकारीको भाउ अप्रत्याशित रुपमा बढेको छ । जब जब चाडबाड नजिकिन्छ तब तब रौतहटका बजारहरुमा तरकारीको भाउ पनि आकासिने गर्छ । हिन्दु नारीको महान चाड तीजदेखि नै बजारमा तरकारीको भाउ दोब्बर नै बृद्धि भएको छ ।
वर्षातको कारण स्थानीयस्तरमा तरकारीको उत्पादन हुन नसक्नु तथा माग अनुसार आपूर्ति हुन नसक्नुले तरकारीको भाउ आकासिएको हो भन्छन्, स्थानीय तरकारी व्यापारी । स्थानीयस्तरमा तरकारी उत्पादन नभएको कारण अहिले हेटौंडा, वीरगंज र लालबन्दिको बजारबाट तरकारी ल्याउनु परेकोले पनि तरकारीको भाउ महंगो भएको चन्द्रनिगाहपुरका तरकारी व्यापारी तिलक साहले बताए । उनका अनुसार खरिद दर नै बढी परेकोले तरकारीको विक्री मूल्य पनि बढेको हो ।
स्थानीय हाट बजार प्रतिस्पर्धात्मक हुने हुदा हाटमा तरकारी केही सस्तो र सहुलियत दरमा पाइन्छ तर अन्य समयमा चोक बजारका तरकारी पसलेले अत्यधिक महंगोमा तरकारी विक्री गर्ने गरेको स्थानीय उपभोक्ता बिदुर घिमिरे बताउ“छन् । तीज अघि प्रति किलो ८० रुपिया“ रहेको काउली सोमबार १०० रुपिया“ किलो भएको छ । यसैगरी प्रति किलो ३० रुपिया“ रहेको भिन्डी ५० रुपिया“ किलो पुगेको छ । प्याज प्रति किलो ७० देखि ८० रुपियाँ रहेकोमा अहिले प्रतिकिलो १०० रुपियाँ पुगेको छ । २० रुपिया“मा पाइने एक मुठा रायोको सागको ४० रुपिया“ तिर्नु परेको उपभोक्ताहरु बताउ“छन् । गोलभेंडा ६० रुपिया“बाट १०० रुपिया“ पुगेको छ । यस्तै आलु, मुला, का“क्रो, बोडी लगाएतका तरकारीमा ३० देखि ४० प्रतिशतले भाउ बृद्धि भएको तरकारी व्यापारीहरु नै बताउ“छन् ।
स्थानीय व्यापारी विजयकुमार दास भन्नुहुन्छ, अत्यधिक वर्षातले जिल्लाको अधिकांश भाग डुबानमा परेको कारण तरकारी खेति पूर्णरुपले नष्ट भएको तथा डुबानकै कारण समयमा खेति गर्न नपाउ“दा अन्य जिल्लाबाट तरकारी आयात गरी स्थानीय माग पुरा गर्नु पर्ने भएकोले तरकारीको भाउ अप्रत्यासितरुपमा बढेको हो ।
चाडबाडको बेला उपभोग्य वस्तुको मूल्यमा भएको वृद्धिले सबै भन्दा बढी समस्या न्यून आय भएका तथा गरिबीको रेखा मुनी रहेकालाई पारेको मजुदुरी गरेर जीविका चलाउ“दै आएका डुमरियाका श्रमिक रामलोचन लोहारले बताए । यता बर्षातका कारण तरकारी खेति गर्न नसकेका स्थानीय तरकारी उत्पादक भने तरकारीको भाउ अकासिएको देख्दा ठूलो आम्दानीबाट वञ्चित हुनु परेको भन्दै थक्कथक्क मानेका छन् । बर्षातको समयमा संरक्षीत तरकारी खेति गर्न नसकेका कारण उनीहरुले राम्रो आम्दानी गर्न नसकेको गुनासो समेत गरेका छन् ।