काठमाडौं ७ असोज । कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका थिए । जसमा नियमित तर्फ ३ लाख ४९ हजार ६०३ र आशिंक तर्फ १ लाख ४२ हजार ३४५ सहभागी थिए ।
बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।
परीक्षामा २ हजार ३१९ ले जिपिए ३.६१ देखि ४,१३ हजार ७७२ ले ३.२१ देखि ३.६० जिपिए, ३२ हजार २५३ ले २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।
यस्तै, ५४ हजार ८१६ ले २.४१ देखि २.८० जिपिए, ८४ हजार २३९ ले २.०१ देखि २.४० र ८९ हजार ६५० ले १.६१ देखि २.२० जिपिए ल्याएका छन् ।
यस्तै, ४३ हजार ३७ ले १.२१ देखि १.६० जिपिए, ८ हजार १७१ ले ०.८१ देखि १.२०, २१ हजार ३४६ ले ० देखि ०.८० जिपिए ल्याएका छन् ।