रौतहट ९ असोज । रौतहटको कटहरिया नगरपालिकाले अपांगता भएका व्यक्तिका लागि निःशुल्क हवील चेयर तथा ट्राई साइकल वितरण गरेको छ ।
राष्ट्रीय अपांग पुनस्थापना अमाज अनामनगर ,काठमाण्डौ को सहयोग र कटहरिया नगरपालिकाको आयोजनामा अति अशक्त अपांगलाई २२ थान हवील चियर तथा ट्राइ साइकल वितरण गएिको हो ।
नगरपालिका भरी भएका अशक्त २२ अपांगलाई कुनै काखापाखा नगरी वितरण गरिएको मेयर सियाराम कुशवाहाले बताए । आफ्नो लक्ष्य नगरपालिका वा नगरवासी मा आउने हरेक समस्याको समाधानको उपायको खोजी गर्दै नगरलाइसमृद्ध बनाउ“दै जनतालाई आत्मनिर्भर बनाउने रहेको कुश्वाहाले बताए ।
कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय कुन्दन कुशवाहाले समाज भित्र रहेका अपांग, अशक्त, बहिराहरुको आवाज तथा आधार भएर अगाडि बढ्नुको साथै बिकलाङहरुलाई चाहिने हरेक आधारभूत आवश्यकताहरु परिपूर्ति गर्नुपर्छ भनने मान्यता सबैले लिनुपर्ने बताए ।
विशिष्ट अतिथि नगरप्रमुख सियाराम कुशवाहा, युवा नेता नशरुदिन अंसारी, प्रमुख प्रशासकीय अधिकृत मनोज रजक लगायत ,नगरका भद्रभलादमी जनताहरुको उपस्थिति रहेको थियो ।