अभियानसंगै अनुगमन जरुरी

रौतहट ९ असोज । सुगम क्षेत्रमा रहेका दलित बालबालिका विद्यालय जानबाट बञ्चित हुनुपरेको छ । बाटो, खानेपानी, बिजुलीको पहुंच पनि पुगेको छ, चन्द्रपुर का १० वटै वडामा तर, चन्द्रपुर ९ चेतनगर गाउ“को मुसहर बस्तीमा पिंडा बाहेक केही सुन्न पाईंदैन ।

सो गाउ“का धेरै जसो बालबालिका विद्यालय जादैंनन् । गाउ“भरि सयभन्दा धेरै बालबालिका छन । सबै जसो विद्यालय भर्ना भइसकेका छन । उनीहरूको गत वर्ष पनि यसरी नै भर्ना गराइएको थियो र यो वर्ष पनि फेरि भर्ना भएका उनीहरु विद्यालय जा“दैनन ।

अभिभावकहरु गरीबिका कारण आफ्ना बालबालिकालाई विद्यालय पठाउन नसकेको तर्क गर्छन । स्थानीय सोनावतिदेवी मुसहर्नीले विद्यालयमा बालबालिका भर्ना गराउन मात्र ठूलो कुरा नभएको बताउ“दै मुख्य समस्या भनेको गरिबी रहेको बताईन ।

उनले दुई छाक टार्न मुस्किल रहेको अवस्थामा बालबच्चा कसरी पढाउने भनेर प्रश्न गर्नु आभियान संचालकका लागी गम्भिर आरोप नै हो । सरकारी तवरबाट के के योजना लागु हुन्छ उनिहरुलाई थाहा समेत हुदैन । विद्यालय गएन भन्ने मात्र आरोप मात्र आउ“छ उनिहरुलाई । अभिभावकहरू कसैले कपडा नभएर पढ्न नपठाएको सुनाए । कसैले घर कुरुवा राखेको भन्थे । कसैले गरिबको बच्चाले पढेर के हुन्छ भन्थे ।

बस्तीमा भेट्टिएका अधिकांश बालबालिकाको शरीरमा कपडा थिएन । चरम गरिब रहेको बस्तीमा गत वर्ष नै सबै बालबालिका नजिकको विद्यालयमा भर्ना भइसकेका छन । तर, उनीहरूले अहिलेसम्म विद्यालयको अनुहार देख्न पाएका छैनन्रु। गाउ“भरिका बालबालिकाहरू नाङगै सडकमा खेलिरहेका थिए । केही बालिका भएर पनि साना नानी बोकेर बसेका थिए । साना बालबालिकादेखि किशोर–किशोरी सम्म खेल्नमा व्यस्त थिए । गएको वैशाखमा भर्ना अभियानको नाममा बस्ती पुगेकाहरू अभियन्ता भनाउ“दाहरू अहिलेसम्म फर्केर नआएको उनीहरूको गुनासो छ । धेरै जसोको घरका आमाबुवा अर्काकोमा ज्याला गर्न गएका थिए ।

पढ्ने उमेरकाहरू दिनभर खेल्ने र सुगुर, बाख्रा चराउ“दै गरेको भेट्टिए । केही घर कुर्न बसेका थिए । शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय गौरले शैक्षिक सत्र सुरु हुन अगावै जिल्लाभरि भर्ना अभियान चलायो ।

शिक्षाको क्षेत्रमा काम गरिरहेको संघ संस्थाहरू अभियानमा लागे । घरघर पुगेर बालबालिकाको नाम लेखाए । तर उनीहरू विद्यालय गएका छन छैनन् भन्ने अनुगमन गरेनन । दलित समुदायका बालबाबालीका भर्ना भएर पनि विद्यालय गएनन ।

अभिभावकले नै उनीहरूलाई पढन् पठाउ“दैनन । मुसहर, डोम, चमार समुदायका बालबालीका गरिबीका कारण विद्यालय जा“दैनन । आफ्ना सन्तानलाई शिक्षित बनाउनु पर्छ भन्ने चेतना उनीहरूमा नभएको होइन तर, दैनिक गुजारा चलाउन समस्या भएकाले विद्यालय पठाउ“दैनन् । गरिबीले थलिएको दलित समुदायमा विद्यालय प्रतिको आशा झिनो छ ।

उनीहरूको बस्तीमा टाठाबाठा र पढलेख गर्नेको संख्या न्यून छ । शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख गोकर्णध्वज कार्कीले जनचेतनाको कमीले अहिले पनि दलित समुदायका बालबालीका विद्यालय बाहिर रहेको बताए ।

सरकारले बालबालीका कोही पनि शिक्षाबाट वञ्चित नहोस् भनेर प्रोत्साहन स्वरूप विद्यालयमै खाजाको व्यवस्था गरेको भएपनि सबैमा त्यो लागु छैन । अबका दिनमा घरदैलो कार्यक्रमलाई तिब्रता दिने र अभिभावकलाई रोजगारी दिएर अगाडी बढेमा अभियानले सार्थकता पाउने देखिन्छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg