पौराइमा बन्दै ४१ फिट अग्लो शिवको मूर्ति

रौतहट १३ असोज । रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गतको पर्यटकीय क्षेत्र पौराइ ब्रम्हस्थान परिसरमा ४१ फिट अग्लो शिवको मूर्ति निर्माण सुरु गरिएको छ ।

जिल्लाकै एक प्रमुख धार्मिक पर्यटकीय स्थलका रूपमा चिनिएको पौराइ ब्रम्हस्थानमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मूर्ति निर्माण कार्य सुरु गरिएको समितिले जनाएको छ ।

कुल ६० लाख रुपियाँको लागत अनुमान रहेको सो मूर्ति व्यवस्थापनाका लागि विभिन्न दाता, प्रदेश सांसदको बजेट सहितको कोषबाट गत वैशाख महिनादेखि निर्माण कार्य सुरु गरिएको पौराइ ब्रम्हस्थान संरक्षण समितिका अध्यक्ष रुपेश पण्डितले बताए ।

कङक्रिट सिमेन्टबाट बनाउन लागिएको शिवको प्रतिमाका काम अहिले ५० प्रतिशत काम सम्पन्न भएको समितिका अध्यक्ष पण्डितले बताए । बारा, रौतहट, सर्लाहीलगायत भारतीय सीमावर्ती सहरहरूबाट ब्रम्हस्थान क्षेत्रमा बर्सेनि हजारौंको सङख्यामा भाकल गर्ने र बोकाका बलि दिन श्रद्धालुहरू आउने गरेका छन ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको पौराइ ब्रम्हस्थान क्षेत्रको समुचित विकास गर्न भने नसकिएको स्थानीय समाजसेवी श्रीराम न्यौपानेले बताए ।

बर्सेनि समितमार्फत बलि चढ†ने बोकाको ठेक्का समितिले लगाउ“दै आएको भए पनि यस वर्ष भने सो ठेक्का नगरपालिकाले लगाएको छ, ठेक्का स्थानीय पौराइ ब्रहमबाबा कन्स्ट्रक्सनसंग १५ लाख २५ हजार रुपिया“मा निर्माण सम्झौता भएको छ ।

नगरपालिकाले आन्तरिक आयअन्तर्गत ठेक्का लगाएको भए पनि मन्दिर क्षेत्रको फोहोरमैला व्यवस्थापन, बलिस्थलको उचित ब्यवस्थान जस्ता कुरामा नगरपालिकाले ध्यान नदिएको पूर्वाधार विकासमा वडा तथा नगरपालिका कार्यालयले कुनै किसिमको बजेट विनियोजन नगरेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्लाको उत्तरी भेगको एक प्रमुख धार्मिक पर्यटनको सम्भावना भएको यस क्षेत्रको विकासमा नगरपालिकाले आउँ“ वर्षमा बजेट व्यवस्था गरी पूर्वाधार विकासको काम अघि बढाइने चन्द्रपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles