एक वडाबाट अर्काे वडा जाँदा लाग्ने करको चर्काे बिरोध

अर्काे वडामा जाने सवारीसाधनमाथि लगाएको कर तानासाहीको उपज भएको स्थानीयले बताएका छन् ।

नगरपालिकाको व्यवस्थाअनुसार नगरको कुनै पनि वडाबाट वडा नम्बर ३ जा“दा लाग्ने पटके कर खारेजीको माग राख्दै वडावासीले विरोध जनाएका छन् ।

नगरपालिकाले चालु आर्थिक वर्षको लागि पूर्वाधार उपभोग करबापत उक्त वडा प्रवेश गर्दा बस, ट्रक र टिफर जस्ता हेभी सवारी साधनलाई ५० रुपिया“ र पिकअप भ्यान, कार, जीप, टेम्पोजस्ता साना सवारीलाई २० रुपिया“ पटके कर लगाउ“दै आएको छ ।

कर उठाउने ठेक्का स्थानीय हार्दिक कन्स्ट्रक्सनले पाएको छ । कन्स्ट्रक्सनले साउनदेखि नै कर असुल गरिरहेको छ । स्थानीय समाजसेवी राजु धामीको नेतृत्वमा बसेको वडा भेलाले नगरपालिकाको उक्त निर्णयमा आपत्ति जनाउ“दै यथाशिघ्र कर खारेजीको मागसहित नगरपालिकामा निवेदन दर्ता गराएको छ ।

वडा नम्बर ३ प्रवेश गर्न कच्चि सडकहु“दै चा“दी नदी पार गर्नु पर्ने र नदीमा पुल नभएको कारण सवारी आवागमनमा ठूलो समस्या हु“दा हु“दै पनि सवारी कर लगाएकोमा वडावासीले आपत्ति जनाएका हुन् । समाजसेवी धामीले जिल्लाको सबै भन्दा बिकट क्षेत्र चुरेको फेदीमा रहेको वस्तीमा सवारी आवागमन कठिन छ ।

साताको दुई दिन दुई स्थानमा लाग्ने हाटबजारमा दैनिक उपभोग्य वस्तु, मासुजन्य वस्तु, फलफुल र दुधजन्य वस्तु आयात गर्न र स्थानीयस्तरमा उत्पादित वस्तु निर्यात गर्न ठूलो समस्या छ । यस्ता समस्यालाई नबुझिकन नगरपालिकाले कर लगाउ“दा ढुवानी महंगो परेको कारण वस्तु समेत महंगिएको छ । जसको मार स्थानीय उपभोक्ताले खेप्नु परेको बताए ।

नेपालको संविधानले हरेक नेपालीलाई बिनारोकतोक आवागमनको हक प्रदान गरेको छ । तर रौतहटको १८ वटा स्थानीयतहमध्ये एक मात्र चन्द्रपुर नपाले एउटा वडाबाट अर्को वडामा आवतजावत गर्न करको अवरोध लगाउनु अनुचित भएको स्थानीय लालबहादुर दोङ्ले बताए । नगरपालिकाले नियमसंगत लगाएको ठेक्का भएको कारण यसबारे केही बोल्न नमिल्ने प्रतिक्रिया दिदैं वडाअध्यक्ष बोधनाथ देवकोटाले नदीजन्य वस्तुको ढुवानीमा भने कर लिनु उचित नै भएको धारण राखे ।

नगरपालिकाको राजश्व शाखाका वरिष्ठ आन्तरिक लेखा परीक्षक कृतीराज सुवेदीले करको बिरोधमा दर्ता भएको निवेदनको बारेमा आगामी नगरपालिकाको बैठकमा पेश भई छलफल हुने बताए । स्थानीयले करको निर्ण फिर्ता नगरे नगरपालिका बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles