रौतहट बचतको २३ औ बार्षिक साधारण सभा सम्पन्न

चन्द्रपुर। रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको २३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार चन्द्रपुर ४ स्थित होटल पशुपतिमा एक कार्यक्रम संगै सो बार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
सो सभाको नेफस्कुनका केन्द्रिय सदस्य शान्ता अधिकारीले उदघाटन गर्नुहुदै सहकारीको बिकासले सम्बृद्ध राष्ट्र निर्माणमा सघाउ पुग्ने बताईन् ।
सभामा अध्यक्ष खडग बहादुर बम्जनले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुहुदै सहकारी राज्यको एउटा ठुलो करदाता रहेको उल्लेख गरे । सहकारी सञ्चालनमा मात्र होईन यस्को भौतिक बिकासमा स्थानीयतहले ध्यान दिएमा हामीलाई आफनो क्षेत्रको सामाजिक, आर्थीक, र सास्कृतिक बिकास गर्न सजिलो हुने हुने प्रतिबेदनमा उल्लेख रहेको छ ।
यस्तै महासचिब ठाकुर प्रसाद उपाध्यायको प्रगती प्रतिबेदनमा सहकारी संस्थाहरु लाई सबल र सक्षम बनाई उत्पादनमुलक क्षेत्रको कामलाई प्राथमिकता दिदै आएको उल्लेख छ । राज्यले घोषणा गरेको सम्बृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार गराउन संघको तर्फ बाट प्रतिबद्धता समेत जाहेर गरिएको छ ।
सो सभा लाई जिल्ला समन्वय समितिका संयोजक रामएकवाल राय यादब, चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख रामरती चौधरी, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारी, कृषि सहकारी संघका अध्यक्ष जगरनाथ पाल, गुञ्जन एफएमका स्टेशन म्यानेजर सञ्जय कार्कीले सभाको सफलताको शुभकामना दिएका थिए ।
सभामा शेयर सदस्य ४५ जना रहेको जानकारी गराइएको थियो । संघको १ लाख ३२ हजार १ सय ६६ कुल लगानी रहेको छ । संघको वासलात ४० लाख २३ हजार २ सय २२ रहेको छ । लेखा सुपरिबेक्षण समितिका संयोजक दिपक घिमिरेले प्रस्तुत गरेको प्रतिबेदनमा सहकारी बिभाग बाट जारी भएका नीति निर्देशन भित्र रही लेखा प्रणाली दुरुस्त राखेको बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg