गौर,१९ कात्तिक ।
रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दाको सुनुवाइ मंगलबारबाट सुरु भएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको ४ नम्बर इजलासमा आलमले मंगलबार बयान दिएका छन् ।
उनको बयान लिने क्रम मंगलबारका लागि सकिएको र आज १० बजेदेखि फेरि बयान लिन सुरु हुने छ । उनको बयानसंगै पक्ष विपक्षमा बसह सुरु हुने छ ।
सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको थियो ।
आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।
१२ वर्षअघि इ“टा भट्टाभित्र जिउ“दै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउ“पालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मिया“ सहितका व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले आलमसहित उनका भाई मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंकर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको उनले जानकारी दिए । गौरीशङ्कर साहविरुद्ध भने मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।