बलिउड अभिनेता गोविन्दा नेपालमा

काठमाण्डौ–बलिउड चलचित्रका सफल नायक गोविन्दा नेपाल आएका छन् । उनी पत्नी सुनितासगै नेपाल आएका हुन् । साथमा, नेपाली चलचित्रकी सफल नायिका निरुता सिंह पनि नेपाल आएकी छिन् ।
विरगञ्जमा वुधबारदेखि आयोजना हुन लागेको स्वर्णिम चलचित्र महोत्सवमा सहभागी हुनका लागि गोविन्दा र निरुता नेपाल आएका हुन् । अहिले महोत्सवको तयारी तिव्र चलिरहेको छ ।
गोविन्दाले त्रिुभवन विमानस्थलमा मिडियाकर्मीस“ग कुराकानी गर्दै आफू पूजा गर्न बारम्बार नेपाल आउने गरेको भन्दै चलचित्र क्षेत्रबाटै निमन्त्रणा पाएर दोश्रो पटक नेपाल आएको सुनाए । उनले भने जुन खालको माया र प्रेम तपाइहरुले मलाई दिनुभएको छ, यसका लागि म निकै नै आभारी छु ।
गोविन्दाले आफ्नो चलचित्र हेर्दै आएका दर्शकलाई पनि धेरै माया रहेको बताए ।स्वर्णिम चलचित्र महोत्सवमा सहभागी हुन पाउदा खुशी लागेको भन्दै उनले दर्शकको माग अनुसार नै प्रस्तुति दिने बताए ।
गोविन्दाले केही नेपाली चलचित्र हेरेपनि पूर्ण चलचित्र आफूले नहेरेको बताए । गोविन्दाले नेपालको गुन्द्रुकको झोल र भात खान मन लागेको सुनाए ।
नायक गोविन्दाले महोत्वमा नेपाली चलचित्रकर्मीस“ग भेट्न पाउदा खुशी लागेको भन्दै यसले अझै दुई चलचित्र नगरीको सम्बन्ध मजबुत बनाउने बताए ।
यस्तै, नायिका निरुता सिंहले दर्शकहरुले आफूलाई धेरै माया दिएको बताइन् । गोविन्दास“ग भेट हुदा खुशी लागेको भन्दै उनले प्रशंसा गरिन् ।
नेपाल चलचित्र निर्माता संघले आयोजना गर्न लागेको यो महोत्सव कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आयोजना हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles