काठमाण्डौ–नेपाली कलाक्षेत्रमा नया अनुहार भित्रिने क्रम दिन प्रतिदिन बढ्दो छ । तीमध्येकी एक हुन् सोफिया पोमो लिम्बु । सोफिया छायाङ्कनको तयारीमा रहेको फिल्म फटाहा फणिन्द्रे बाट अभिनयमा भित्रिन लागेकी हुन् । यो फिल्ममा उनको अलवा अभिनेत्री सुस्मा कार्की समेतको मुख्य भूमिका रहनेछ ।
फिल्म अभिनयमा फटाहा फणिन्द्रेबाट डेब्यु गर्न लागे पनि कलाकारिताका लागि भने उनी नौलो होइन । थुप्रै मोडलिङ र केही म्युजिक भिडियो अभिनय गरेको अनुभव उनीसँग छ । करिब ५ वर्ष अगाडि एक फेसन सोमार्फत् आफूलाई मोडलिङ प्रवेश गराएकी सोफिया पछिल्लो समय डेमन मोडलिङ एजेन्सी र नेपाली न्यु मोडल एजेन्सीको कार्यक्रममा नियमित र्याम्पमा उत्रिने गरेकी छन् । यिनै सोफिया पोमो लिम्बुसगको दस प्रश्न ।
मोडलिङ किन रोज्नु भयो ?
– यो मेरो रुचिको विषय पनि हो । अर्काे कुरो मेरा सथीहरु पनि धेरै मोडलिङमै छन् । संगत र रुचिको विषय मिलेकाले यसमै होमिए ।
के रहेछ मोडलिङ ?
–मोडलिङ एउटा आकर्षक व्यक्तित्व हो । आफूलाई अरूभन्दा भिन्न तथा आकर्षक रूपमा प्रस्तुत गर्नु नै मोडलिङ हो । मोडलिङले मानिसको व्यक्तित्व निर्माणमा समेत सघाउछ ।
अभिनयमा पनि देखिदै हुनुहुन्छ हैन ?
– मोडलिङ र अभिनय करिब करिब एउटै पेसा हो । अर्काे कुरो मैले मोडलिङको अलवा म्युजिक भिडियो अभिनय पनि गरेकी छु । अहिले फिल्ममा होमिन लागेकी हुँ ।
अभिनयका लागि तयारी ?
– विगत ५ वर्षदेखि म मोडलिङमा छु । केही म्युजिक भिडियो अभिनय पनि गरेकी छु । यी कामबाट जेजति सिकेकी छु, त्यो फिल्म अभिनयमा पनि काम लाग्छ । अर्काे कुरो फिल्मका लागि नृत्य प्रशिक्षण लिइरहेकी छु । फाइट कक्षा पनि जाने तयारीमा छु ।
फिल्ममा अभिनेत्रीको ग्ल्यामर बिक्छ भनिन्छ, तपाईंको ग्ल्यामरप्रति धारणा के छ ?
– ग्ल्यामर समयको माग हो । फिल्ममा अन्य मसला जस्तै ग्ल्यामर पनि आवश्यक हुन्छ । त्यसका लागि कथाले मागेको हुनुपर्यो । जबरजस्ती घुसाएको ग्ल्यामर सुहाउदो हुदैन । फिल्मको कथाले माग्छ भने मलाई पनि ओपन हुन डर छैन । तर समाजले पचाउनेभन्दा माथि जान सक्दिनँ ।
फेसनतिर त रुचि पक्कै होला ?
–फेसनमा धेरै रुचि छ । बजारमा कुन फेसन नया“ भित्रियो, कुन फेसनले प्राथमिकता पाइरहेको छ । कुन आउदैछ ।सबैको जानकारी राख्ने गरेकी छु । मेरो मनपर्ने पहिरन वान पिस र सारी हो ।
प्रेम ?
– छैन । अहिले मेरो प्रेम गर्ने, हल्लिएर बरालिने उमेर होइन । करियर बनाउने उमेर हो । त्यसैले प्रेमभन्दा पनि म काममा फोकस छु ।
फुर्सदको समय ?
– साथीभाइ, आफन्तस“ग घुम्न, फिल्म हेर्न र इन्टरनेटमा फेसनसम्बन्धी कार्यक्रम हेर्न मनपर्छ ।
मनपर्ने खानेकुरा ?
– नेपाली खान दालभात तरकारी मनपर्छ ।
मनपर्ने नेपाली हिरो ?
–अनमोल केसी र प्रदीप खड्का नै हुन् । उनीहरुस“ग अभिनय गर्ने इच्छा छ ।